काठमाडौ, ७ पुस । विद्यार्थी संगठनहरुको पेट्रोलियम पदार्थको मूल्य घटाउन नेपाल आयल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।
नेपाल ल क्याम्पसमा सोमबार बसेको विभिन्न विद्यार्थी संगठनहरुको संयुक्त बैठकले अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार मूल्य नघटाइएको भन्दै यो अल्टिमेटम दिएको हो । निगमले शुक्रबार पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा साढे पाँच रुपैयाँ घटाउने निर्णय गरेको थियो । तर, अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको भाउ कम नभएको विद्यार्थी संगठनहरुको दाबी छ ।
विद्यार्थीहरुले मूल्य घटे अनुसार यातायात भाडा घटाउन पनि माग गरेका छन् । २४ घण्टाभित्र मूल्य नघटाइए बुधबार आन्दोलनको कार्यक्रम घोषणा गर्ने विद्यार्थी संगठनहरुको चेतावनी छ ।
यसैबीच, बागबजारस्थित पद्यमकन्या क्याम्पसका विद्यार्थीहरुले मूल्य अझै घटाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनको केही झलकः


















प्रतिक्रिया