७ कार्तिक २०८३, शनिबार

संविधानसभा भवनमा कर्मचारीहरुको तालाबन्दी, संविधानसभा बैठक समेत हुन सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC

काठमाडौँ, ७ पुस । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यरत कर्मचारीको आन्दोलनका कारण संविधानसभा बैठक समेत प्रभावित भएको छ ।

तलब बृद्धिको माग गर्दै कर्मचारीहरुले तालाबन्दी गरेका कारण आज १ बजे तोकिएको संबिधानसभाको बैठक समेत सुरु हुन नसकेको हो । कर्मचारीहरुले अहिलेको सेवा सुविधा बढाउन माग गर्दै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै गेटमा तालाबन्दी गरेका छन् । संसद सचिवालयका कर्मचारी सरह तलब सुविधा पाउनुपर्ने आन्दोलित कर्मचारीको माग छ । उनीहरुले सभासद्हरु र संसद सचिवालयका कर्मचारीहरुसमेत भित्र छिर्न दिएका छैनन् । कर्मचारीको माग बारे संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले वार्ता गरिरहेका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ९० जना कर्मचारी कार्यरत छन् ।