७ कार्तिक २०८३, शनिबार

उदयपुरमा छतबाट खसेर वृद्धको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ७ पुस । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ गाईघाट बजारको विद्युत् मार्गमा बस्ने एक वृद्धको आइतबार आफ्नै दुईतलाको घरको छतबाट खसेर मृत्यु भएको छ  ।

मृत्यु हुनेमा गाईघाट विद्युत् मार्ग बस्ने ८४ वर्षीय दलबहादुर दाहाल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।  दाहाल राति छतबाट खसेर भुइँमा झर्दा सख्त घाइते भएका थिए ।

दाहाललाई तत्काल जिल्ला अस्पतालमा उपचार गर्नेक्रममा  मृत्यु भएको  उदयपुरका प्रहरी प्रमुख टेकबहादुर गुरुङले बताउनुभयो ।