७ कार्तिक २०८३, शनिबार

चितवनको माडीमा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwan-jilla-mapचितवन, ७ पुस । दक्षिण चितवनको माडी नगरपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ ।

माडी नगरपालिका वडा नम्बर ५ की ७३ वर्षीया कौलिहियादेवी महत्तो र मकवानपुर कालिङ्गटार घर भई माडी बस्दै आएका राजकुमार थिङको गएराति मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कौलिहियाले आफ्नै घर पछाडिको शौचालयको बलोमा साडीको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै मकवानपुर कालिङ्गटार घर भई माडी नगरपालिका वडा नम्बर १२ बस्दै आएका  भाइकाजी थिङका छोरा राजकुमारको विष खाएर मृत्युभएको छ ।

आइतबार साँझ विष खाएका उनको सीमा सुरक्षामा रहेका सशस्त्र प्रहरीले उपचारका लागि ठोरीतर्फ लैजाँदै गर्दा राति नै मृत्युभएको प्रहरीको भनाइ छ ।

शवको घटना विवरण सङ्कलन गरी परीक्षणका लागि आज बिहान भरतपुर अस्पतालमा ल्याइएको छ ।

दुईवटै घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।