१ कार्तिक २०८३, आइतबार

महोत्तरीमा पाँच कट्ठामा लगाएको गाँजाखेती नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, ७ पुस । महोत्तरीको कोल्हुवा बगेया गाविसमा आइतबार प्रहरीले ५ कट्ठा अवैध लागुऔषध गाँजाखेती नष्ट गरेको छ ।

प्रहरी चौकी नैन्हीबाट प्रहरी सहायक निरीक्षक वीरेन्द्र सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले कोल्हुवा बगेया गाविस–८ स्थित एक आँप बगैँचाको बीचमा पाँच कट्ठा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरेको हो ।

केही दिनमै तयारी भइसक्ने अवस्थामा रहेको लागुऔषध गाँजाको बोट प्रहरीले फँडानी गरेर खेतमै जलाएर नष्ट गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

करिब एक महिनादेखि महोत्तरीलाई लागुऔषध गाँजाखेतीरहित बनाउन जिल्ला प्रहरीले चलाएको अभियानअन्तर्गत अहिलेसम्म जिल्लाको एक दर्जनभन्दा बढी गाविसमा १० बिगाहाभन्दा बढी क्षेत्रफलमा लगाइएका गाँजाखेती नष्ट गरिसकेको छ ।