१ कार्तिक २०८३, शनिबार

क्रिसमस मनाउन तीन सभासद हेलिकप्टर चढेर सररर…….

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhan Bahadur Ghale Uml Savasadधादिङ, ७ पुस । उत्तरी धादिङको विकट क्षेत्र री गाविस ४ मा क्रिसमस मनाउने कार्यक्रममा सहभागी हुन धादिङ निर्वाचन क्षेत्र नम्बर १ का तीनवटै सांसद हेलिकप्टर चार्टर गरेर पुगेका छन्।

चोके गाउँस्थित हिमालय प्राथमिक विद्यालय प्राङ्गढमा शुक्रबार इसाई धर्मावलम्बीहरूले क्रिसमस डे कार्यक्रम आयोजना गरेका थिए। सोही कार्यक्रममा प्रमुख अतिथि बन्न धादिङ १ बाट प्रतिनिधित्व गर्ने तीनै सभासद हेलिकप्टर चार्टर गरेर  कार्यक्रम स्थल पुगेका थिए ।

राज्यमा धर्म परिवर्तन र धार्मिक स्वतन्त्रतासम्बन्धी चर्को बहस चलिरहेको बेला क्रिसमस मनाउन पुगेको चर्चा चुलिएको छ ।

सभासदहरू एमालेका धनबहादुर घले, कांग्रेसका दिलमान पाख्रिन र राप्रपाका परशुराम तामाङ हेलिकप्टरबाट क्रिसमस मनाउन कार्यक्रमस्थल पुगेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।