१ कार्तिक २०८३, शनिबार

निःशुल्क भनेपछि क्यामरासमेत नछाड्ने अध्यक्ष दाहाल, छ वर्षपछि फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahal-Danka-Chorकाठमाडौं, ७ पुस । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री भएका बेला कार्यालय प्रयोजनका लागि लगिएको क्यामेरा, लेन्सलगायतका सामान फिर्ता भएको भवन निर्माण सम्भार तथा डिभिजन कार्यालयले जनाएको छ।

यी समान लगेको ६ वर्षपछि २०७१ कात्तिक ११ गते फोटोग्राफर दिनेश श्रेष्ठमार्फत दाहाल कार्यालयले फिर्ता गरेको जानकारी डिभिजन कार्यालयका प्रमुख टपेन्द्र खड्काले दिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

‘उहाँहरूले लगेको क्यामेरालगायतका सामग्री फिर्ता गर्नुभयो’, खड्काले भने।

एक लाख १६ हजार आठ सय रुपैयाँ मूल्यका यी समान नबुझाएको समाचार अन्नपूर्ण पोस्टले कात्तिक ५ गते प्रकाशन गरेको थियो।

‘क्यामेरा पुरानो भइसकेको थियो, लेन्स, ब्यागलगायतका समान फिर्ता भएको छ, सानो कुरा कसरी बाहिर निस्कियो भन्दै गुनासो भएको थियो’, स्रोतले भन्यो।