१ कार्तिक २०८३, शनिबार

पूर्वयुवराज पारस शाह डेढ महिनादेखि थाइ कारागारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras-shahकाठमाडौं, ७ पुस । अबैध लागूऔषध सेवनका कारण थाइल्याण्डमा पटक पटक पक्राउ परेका पूर्वयुवराज पारस शाह डेढ महिनादेखि थाइ कारागारमा बस्न बाध्य भएका छन् ।

उनी गत कात्तिक महिनाको अन्तिम सातादेखि थाइल्याण्डको रुङखाइस्थित कारागारमा रहेका छन् ।

पछिल्लो पटक अबैध लागूऔषधसहित पक्राउ परेका पारसको मुद्दामा थाइ अदालतले अन्तिम फेसला गरेको छैन ।

आगामी २७ डिसेम्बरमा उनको मुद्दाको पेसी रहेको छ। यसअघि मुद्दाको म्याद गुजारेको अभियोगमा थाइ अदालतले उनलाई पुर्पक्षका लागि भन्दै कारागार पठाउने निर्णय गरेको थियो।

पारसले तीन पटक मुद्दाको म्याद गुजारी सकेका थियश्र स्रोतका अनुसार कारागारमा पुगेपछि पारसको कपाल मुण्डन गरिएको छ ।

थाइ प्ररहीले उनको कपाल मुण्डन गरेको हो। यसैगरी उनको ड्रेसअप पनि बदलिएको समाचार आजको राजधानी दैनिकले छापेको छ ।

उनकी प्रेमिका कन्निका चान्साई भने अझै पारसको सम्पर्कमा छन् ।