१ कार्तिक २०८३, शनिबार

विदेशी पैसा पचाउने नाममा गैर सरकारी संस्थाको गैर जिम्मेवारी काम, यौनजन्य एसएमएसले आतंक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SONY DSCकाठमाडौं, ७ पुस । ‘तेर दे जोम फाउण्डेसन लोनाज (टिडिएच)’ नामक संस्थाले खुलेआम’ यौन व्यवसायु सम्बन्धी एसएमएस पठाएर उपत्यकाबासीलाई भ्रममा पार्ने र त्रास फैलाउने काम गरेको छ ।

यौन शोषणमा परेका बालबालिकालाई संरक्षण गर्ने उद्धेश्यले सञ्चालन गरिएको बताउँदै आएको उक्त संस्थाले एनसेल र नेपाल टेलिकमका तीन लाख सेवाग्राहीलाई त्यस्तो एसएमएस पठाएको थियो ।

बिभिन्न बिदेशी नम्बरहरुट ४४७०३४३६१०, ४४७४००३४३६५५ बाट आएको उक्त एसएसमएस उपत्यकाबासीमाझ चर्चाको विषय बनेको थियो ।

प्रहरी प्रशासन कार्यालय र सरोकारवाला निकाय कसैसंग पनि अनुमति नलिईकनै तीन लाखलाई यस्तो एसएमएस पठाइएको थियो ।

‘काठमाडौं उपत्यका भित्र किशोर किशोरीहरु व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीका लागि ९८०८९६९९२१, ९८०८९७०१११ मा फोन गर्नुहोला ।’ भन्ने सन्देश शुक्रबारदेखि मोवाइलमा आउन थालेपछि प्रहरीलाई समेत जानकारी भएको थियो ।

एसएसमएसले आमजनतामा नकारात्मक असर पारेको जानकारी पाएपछि संस्थाले तुरुन्तै बिज्ञप्ती जारी गरी आम नेपालीको बुझाइ गलत भएको दाबी गरेको छ ।

‘हाम्रो जानकारीमा आए अनुसार हामीले पठाएको एसएमएस सन्देशप्रति केही जनसमुदायमा अन्यथा बुझाइ पर्न गएकोमा हामीले तत्काल अर्को एसएमएस पठाइ हाम्रो उदेश्य र अभियानबारे प्रष्ट पारेका थियौं । तथापी केही प्राबिधिक कठिनाइका कारण हामीले पठाएको दोश्रो एसएमएस प्राप्त हुनमा केही ढिलाई भएको थियो’ संस्थाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उपत्यका भित्र बढदै गएको व्यावसायिक बाल यौन शोषण अन्त्यका लागि जनचेतना अभिबृद्धि गर्न टिडिएच र यसका गैर सरकारी साझेदार संस्थाहरुले जनचेतना तथा वकालत अभियान सञ्चालन गर्दैछ । बालबालिकाको व्यवसायिक यौन शोषण अन्त्य गर्नका लागि सार्वजनिक जनचेतना अभियानले समुदायलाई परिचालन गरी शोषणमा परेका बालबालिकाको अवस्थाका बारे समाधान पहिल्याउने उद्धेश्य हो ।’

केन्द्रीयय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल यस्तो ढंगले म्यासेज पठाउनु गलत भएको बताउँछन् । ‘म्यासेज हेर्दा कानुनले निषेधित गरिएको कार्यलाई अभिप्रेृरित गर्ने अर्थ लाग्ने देखिएको छ,’ उनले भने, ‘ठाडै सेक्स अफर गरेको देखिन्छ ।’

उनका अनुसार बालबालिकाप्रति अलिकति पनि संबेदनशील नभइ एकोहोरो मोबाइलमा यस्तो म्यासेज पठाउनु गलत हो ।

सेवा प्रदायक टेलिफोन कम्पनीहरुले पनि यस्ता सन्देशको भाषा हेरेर मात्र अनुमति दिनुपर्छ ।

समितिले यस विषयमा स्पष्टीकरण माग्ने तयारी गरिरहेको उनले जानकारी दिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले कुनैपनि अनुमति नलिईकनै यस्तो म्यासेज पठाइएको जानकारी दिए ।

‘मैले हनुमानढोका प्रहरीलाई अनुसन्धान गरी कारवाही गर्न निर्देशन दिइसकेको छु’ उनले भने, ‘यस्तो गलत कार्य गर्नेप्रति कारवाही हुनुपर्छ ।’

उनका अनुसार कुनै एउटा कार्याक्रम गर्ने भनेर चिठी पठाएका थिए । म्यासेजका सम्बन्धमा हामीलाई जानकारीसमेत थिएन ।

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख (एआइजी) विज्ञानराज शर्माले यस्तो सन्देश बाहिर आएपछि अनुसन्धान तथा छानबीन गरी कारवाही गर्न काठमाडौं प्रहरी प्रमुख उत्तम कार्कीलाई निर्देशन दिइएको जानकारी दिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश आचार्यले यस्तो अश्लिल र भ्रामक म्यासेज पठाउनेमाथि छानबीन भइरहेको जानकारी दिए ।