ईश्वर भट्टराई
काठमाडौं कुलेश्वरकी २१ वर्षीय एलिसा राजबाहक मोडलिङ क्षेत्रमा आफ्नो भविष्यको खोजीमा छिन् । ५ फिट ४ इन्च अग्ली एलिसा मिजासिली र मधुर मुस्कानकी धनी छिन् । उनको आकर्षक पर्सनालिटी र स्वभावले उनलाई सबैले मोडलिङ क्षेत्रमा प्रेरित गर्छन् । उनलाई पनि पर्दामा आउने रहर छ । एलिसा अहिले कम्प्यूटर साइन्स र सूचना प्रविधिमा स्नातक तहमा अध्ययनरत छिन् । मार्मिक एवं सभ्य पर्दामा आफ्नो कलाकारितालाई प्रस्फुटन गर्ने रहर रहेको उनी बताउँछिन् ।
‘मोडलिङसँगै कलाकारितामा भविष्य देखेको छु’ उनि भन्छिन्, ‘यसमा अवश्य सफलता हासिल गर्न सक्छु भन्ने ममा आत्मविश्वास छ ।’ त्यसो त कलाकारिता उनका लागि बाल्यकालदेखि कै रुचि हो । सानो छँदा विद्यालयमा अभिनय गरेको र कलेज प्रोग्राममा गरेको नृत्य स्मरण गर्ने एलिसामा भविष्यमा चर्चित मोडल बनेर छाउने लक्ष्य छ । नयाँ कुराको सोचमा दख्खल राख्ने एलिसा सामाजिक कार्यमा पनि उत्तिकै रुची राख्छिन् । उनी हाल रोटट्याक क्लब अफ काठमाडौंमा आवद्ध रहेर विभिन्न सामाजिक कार्यमा तल्लिन छिन् ।














प्रतिक्रिया