१ कार्तिक २०८३, आइतबार

दलले चाहेमा दुई घण्टामै सहमति हुन्छ: सञ्चारमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Minendra Rijal

काठमाडौँ, ६ पुस । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले संविधानका मुख्य अन्तरवस्तुमा दलहरुले चाहेमा दुई घण्टामै सहमति हुने बताउनुभएको छ ।

ट्रेकिङ् एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को ३६औँ साधारणसभाको आइतबार उद्घाटन गर्दै मन्त्री रिजालले भन्नुभयो, “संविधानको बढी विवादित विषय सङ्घीय प्रदेशको बाडफाँडको धेरै टुङ्गो लागिसकेको छ, अब केही प्रदेशको मात्र कुरा मिल्न बाँकी छ, र त्यो अन्तिम रेखाङ्कन पनि हुनेहैन । शासकीय स्वरुपमा पनि बाहिर जतिसुकै कुरा गरेपनिभित्र सबै कुरा मिलिसकेको छ । दलले आफ्नो हठ त्यागेर अघि बढ्न चाहेमा दुई घण्टामै सहमति हुन्छ ।”

सञ्चारमन्त्री रिजालले मुलुकका सबैखाले परिवर्तनलाई संस्थागत गर्न निर्धारित समयमै संविधान जारी गर्नुको विकल्प नरहेको दोहो¥याउनुभयो ।

अहिले बढ्दो वैदेशिक लगानीले आर्थिक विकासको सम्भावना बढेकाले यसलाई सार्थक तुल्याउन दलहरु जिम्मेवार हुनुपर्ने भन्दै उहाँले अगाडि थप्नुभयो, “ अन्य पार्टीको चित्त बुझाउन नसके आफूले अर्को पार्टीका लागि केही कुरा छोडेर भएपनि संविधान बनाउन जरुरी छ ।”

मन्त्री रिजालले निर्धारित समयमै संविधान जारी गर्न पर्यटन व्यवसायीले पनि सकारात्मक दबाब सिर्जना गर्न जरुरी भएको उल्लेख गर्नुभयो । रासस