काठमाडौँ, ६ पुस । कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारी पक्राउ परेकै भोलिपल्ट छुटेका छन् । शनिबार साँझ काठमाडौं बालाजु बनस्थलीबाट पक्राउ परेका उनी आइतबार धरौटीमा छुटेका हुन् ।
चितवन प्रहरीले काठमाडौँबाट पक्राउ गरेर चितवन जिल्ला अदालतमा पेश गरेको थियो । अदालतका मुख्य न्यायाधीश विनोदमोहन आचार्यको इजलासले आइतबार अधिकारीलाई २७ हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
उनी यस अघि पनि २५ दिन थुनामा बसेका थिए । पछि प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नै दर्ता नगरी उनलाई छाडेको थियो ।
कृष्णप्रसादको २०६१ जेठ २४ गते तत्कालिन माओवादीले अपहरण गरी हत्या गरेको थियो । छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसन बसेकै बेला उनका बुबा नन्दप्रसादको निधन भइसकेको छ भने आमा गंगामाया अहिले पनि सरकारसँग न्यायको भिख माग्दै छिन् ।















प्रतिक्रिया