२९ आश्विन २०८३, बिहिबार

त्रिसुली समाज युएईले २८५१ औ सोनाम ल्होछार भव्य रुपमा मनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tursali-samaja

नवराज बस्नेत
युएई । तमाङ समुदायको महान पर्व सोनाम ल्होछार २८५१ लुक ल्हो (भेडा वर्ग) युएईको अबुधाबी अल नाधा नेसनल स्कुलमा जनवरी १६ शुक्रबार बिविध सास्कृतिक कार्यक्रमका साथमा मनाइने भएको छ डिसेम्बर १९ मा बसेको समाजको पूर्ण बैठकले उक्त निर्णय गरेको समाजका अध्यक्ष  अमृत तामांगले जानकारी दिए ।

कार्यक्रममा उपस्थित दर्सकलाई बिशेष साँस्कृतिक मनोरञ्जन दिलाउने उदेश्यले स्वर संग्राम बिजेता ध्रुब तामाङ र चर्चित लोक दोहोरी तथा तामाङ सेलो म्हेन्दो माया गायिका बिनु तामाङको बिशेष उपस्थितिमा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक चन्द्र तामाङ वाईबा बताउँछन् ।
‘बिगतका वर्षहरुमा जस्तै यो वर्ष पनि नेपाली दर्शकलाई भरपुर मनोरञ्जन तथा सहज बाताबरण तयार गरिने छ,’ समाजका सदस्य सबिन लामाले भने । युएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई जानकारी तथा उपस्थित गराउने प्रयास स्वरूप पूर्ण तयारी तथा प्रचार–प्रसार गरेको महासचिव सम्मर तामाङले जानकारी दिए ।  बिगत २ वर्ष पहिले स्थापना भएको उक्त समाजले युएईमा समस्यामा परेका नेपालीहरुलाई सहयोग र अन्यसंघ सस्थासंग सहकार्य गर्ने गरकेो सस्थापक अध्यक्ष गंगा बहादुर घलेको भनाई छ ।

समाजका अध्यक्ष अमृत तमाङको अध्यक्षतामा बसेको समितिको बैठकमा उपाध्यक्ष हरिमान तामाङ, महासचिव सम्मर तामाङ, कोषाध्यक्ष बिरमान सिंह तामाङ, सदस्यहरु सविन लामा, टंक बहादुर तामाङ, शेर बहादुर तामाङ, बिरेन्द्र तामाङ, सुमन मोक्तान, बिष्णु बहादुर तामाङलगाए सम्पूर्ण सदस्यहरु तथा सल्लाहकार गोपाल गोले, दिलमान तामाङको समेत उपस्थिति रहेको थियो ।