३० आश्विन २०८३, शुक्रबार

एमाओवादी मोर्चाको आन्दोलनलाई प्रतिकार गर्ने खनालको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

LEADER-KHANALकाठमाडौँ, २ पसु । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले माघ ८ गतेलाई लक्ष्मण रेखा मानेर एमाले प्रतिबद्धताबाट संविधान निर्माणमा जुट्ने दाबी गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खनालले सहमति नभए दुई तिहाई बहुमतबाट अघि भए पनि अघि बढ्ने भन्दै त्यसमा एक ईन्च पनि पछि नहट्ने स्पष्ट पार्नुभयो ।

उहाँले संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिले संविधानसभामा पठाएको प्रतिवेदन कुनै पनि हालतमा फिर्ता हुन नदिने पनि दाबी गर्नुभयो ।  ‘धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको पक्षमा अहिलेको संविधानसभामा दुई तिहाई बहुमत छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले प्रक्रियाबाट भएपनि संविधान माघ ८ मै जारी हुन्छ ।’

उहाँले एमाओवादीप्रति लक्षित गर्दै अवरोध गर्नेलाई प्रतिकार गर्ने चेतावनी समेत दिनुभयो ।

‘एमाओवादीले भन्ने गरेको १० वर्ष जनयुद्ध देखिसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले मधेश आन्दोलन पनि देख्यौं त्यसैले उनीहरुले यो गर्छौ त्यो गर्छौ भनेर अब हावादारी धम्कीबाट जनता डराउने पक्षमा छैनन ।’

उहाँले संघीयताको नाममा मधेस र पहाडलाई कुनै पनि हालतमा छुट्टयाउने नदिने समेत दाबी गर्नुभयो । ‘पहाड र मधेशलाई छुट्याउने काम नगर्नुहोस,’ उहाँले आक्रोस हुँदै भन्नुभयो, ‘यो राष्ट्रनिर्माणको लागि नेपालीहरुको धेरै गर्दनहरु काटिए, यदि पहाड र मधेशलाई छुट्याईयो भने नेपाल आमालाई काटेर दुई टुक्रा बनाए सरह हुनेछ, त्यसैले हामीलाई अमान्य छ ।’ उहाँले जातीय राज्य खोज्नेहरु प्रतिगामीको संज्ञा दिनुभयो ।