१ कार्तिक २०८३, आइतबार

चेतबहादुरले बन्चरो प्रहार गरेर यसरी गरे श्रीमतीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखाबजार, ६ पुस । बन्चरोले हानेर गोरखाको छोप्राक–७ का चेतबहादुर भुजेलले श्रीमतीको हत्या गरेका छन् । आफ्नै घरमा सुतिरहेकी २२ वर्षीया सुनिता भुजेललाई आइतबार बिहान चेतबहादुरले बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

‘घरमै सुतिरहेकी श्रीमतीलाई भुजेलले बन्चरोले टाउकोमा हानेर हत्या गरेको खुलेको छ’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश थापाले भन्नुभयो, ‘के कारणले श्रीमतीको हत्या गरे भन्ने खुलेको छैन । अनुसन्धान सुरु गरेका छौँ ।’ बन्चरो प्रहारबाट सुनिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र चेतबहादुरलाई नियन्त्रणमा लिएको प्रनाउ थापाको भनाइ छ । सुनिताको शव परीक्षणका लागि गोरखा जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रनाउ थापाले जानकारी दिनुभयो । सदरमुकामबाट घटनास्थल चार कोसको दूरीमा पर्छ ।