२९ आश्विन २०८३, बिहिबार

श्रमिक दिवस युएईमा पनि बिशेष कार्यक्रमका साथ सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

55नवराज बस्नेत
युएई । अन्तराष्ट्रिय श्रमिक दिवस युएईमा पनि बिशेष कार्यक्रमको साथमा सम्पन्न भएको छ  । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को विदेश शाखाको रुपमा रहेको नेपाली प्रवासी श्रमिक संघ (जिफन्ट सपोर्ट ग्रुप) नामक सस्थाको आयोजनामा दुबईको मुसल्ला टावरमा युएईमा रहेका नेपाली हरुको बाक्लो उपस्थितिका साथ  पहिलो पटक श्रमिक दिवस मनाइएको हो ।
कार्यक्रमको सभापतित्व प्रवासी नेपाली श्रमिक संघ युएईका संयोजक नवराज बस्नेतले गर्नुभएको थियो  । युएई का लागी नेपाली राजदुत धनन्जय झा को प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा नेकपा एमालेकी पोलिटब्युरो सदस्य तथा आईएलओ सदस्य बिन्दा पाण्डे र नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका महासचिव बिष्णुप्रसाद लम्साल बिशेष अथिति रहनु भएको थियो ।  युएईमा रहेका विभिन्न संघ–सस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च युएईका सदस्य श्याम पाठकले संचालन गनुृभएको थियो  । कार्यक्रममा युएईमा रहेका विभिन्न नेपाली संघ–सस्थामा आबद्ध ब्यक्तिहरु तथा युएई को सातै सहरमा रोजगार गर्दै आएका नेपाली श्रमिक हरुको बाक्लो उपस्थिति रहेको थियो ।

57
नेपाली रास्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवाती गरिएको थियो  । नेपाली सहिदहरु प्रति श्रद्धाञ्जली गर्दै एक मिनेट मौन धारण पनि गरिएको थियो । कार्यक्रममा उपस्थित सबैलाई नेपाली समाज युएईका अध्यक्ष ज्ञानेन्द्र कार्कीले मन्तब्य बाट स्वागत तथा सुभकामना ब्यक्त गर्नुभएको थियो ।

संयोजक नवराज बस्नेतले प्रवासी नेपाली श्रमिकसंघ युएईको स्थापना देखि हालसम्म भए गरेका कार्य प्रगति विवरण, संगठानिक अवस्था र प्रवासमा श्रमिकका समस्याका बारेमा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रवासी नेपाली मंच युएईमा अध्यक्ष प्रकाश कोइराला, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष अर्जुन दाहाल र गैर आवासीय नेपाली संघ मध्यपुर्व संयोजक चन्द्र बहादुर रोकाले नेपाली प्रवासी श्रमिक संघलाइ शुभकामना तथा युएईका श्रमिकको समस्याका बारेमा आफुहरु सदैब लागी रहने तथा नेपाली राजदूतावासले सहयोग नगरेकाले श्रमिकले समस्या भोग्नु परकोले समाधानको पहल गर्नु पर्ने धारणा राख्नुभएको थियो ।
56
त्यसैगरी आफ्नो धारणा राख्ने क्रममा ट्रेड यूनियन महासंघ जिफन्टका महासचिव बिष्णुप्रसाद लम्सालले बिश्र्वभर रहेका नेपाली श्रमिकको व्यहोरी रहेको समस्याको लागि अग्रगामी कदम बढाउने साथै श्रमिकको हितका लागि आफुहरु लागिरहेको र प्रवासमा रहका श्रमिक सङ्गठ हरुमा एक्यबद्धता हुन जोड दिनुभयो ।

नेकपा एमालेकी  पोलिटब्युरो सदस्य तथा आईएलओ सदस्य बिन्दा पाण्डेले श्रमिक हरुका समस्यालाई समाधान र श्रमिकहरुका हक अधिकारको लागि अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउने र जस्तो सुकै मूल्य चुकाउनु परे पनि श्रमिकको हितको लागि लाग्ने तथा आईएलओले खेल्दै आएको भूमिकाको बारेमा प्रस्ट पार्नुभयो । 59

युएईमा श्रमिकका समस्या र अन्य वक्ताहरुको नेपाली राजदुताबास प्रतिको टिप्पणीका बिषयमा प्रमुख अथिति राजदुत झाले सबैलाई समान ब्यबहार गरिने, समस्यामा परेकाको जो जहाँ बाट आएपनि उद्धार गर्ने तथा हरेक श्रमिकको समस्यालाई मध्यनजर गर्दै चुस्त र दुरुस्त सेवा राजदुतावासले प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो  ।

कार्यक्रमको आकर्षण मनोरञ्जन नेपाली जन सास्कृतिक मंच अलएन ले प्रदेशीको पीडा नामक नाटक, नेपाली नृत्य र नेपाली गित बाट गरेको थियो । प्रदेशीको   58  पीडा नामको नाटक हेर्दै गर्दा धेरैको उपस्थित धेरैको आखामा आशु देखिएको थियो । उक्त कार्यक्रमा पश्चात नेपाली प्रवासी श्रमिक संघको आगामी कार्यकालको लागि  सर्ब सम्मतिबाट रामेश्वर भेटवालको अध्यक्षतामा, किशोर केसी उपाध्यक्ष, कल्पना राई सचिब, कमल पाठक सह–सचिब, दिपक राउत कोषाध्यक्ष, सहित १४ सदस्यीय टोलि चुनिएका छन्  ।

नेपाली प्रवासी श्रमिक संघ का युएई सस्थापक संयोजक नवराज बस्नेतलाई उक्त संघको सल्लाहकार प्रमुख, नेपाली समाजका अध्यक्ष ज्ञानेन्द्र कार्की र शेष राज तिमल्सिनालार्इ सल्लहाकार घोषणा गरको छ  ।