काठमाडौँ, ६ पुस । अदालतले पटक–पटक पत्र पठाउँदा पनि हाजिर नभएका गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा संलग्न रामप्रसाद अधिकारी काठमाडौंको बालाजुबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनलाई शनिबार राति काठमाडौँबाट पक्राउ गरेपछि उक्त घटनाले फेरि नयाँ मोड लिने संकेत देखिएको छ ।
बालुबाटारमा शनिबार तीन दलका शीर्ष नेताबीच भएको बार्तामा सहमतिका लागि अब कुनै पनि छलफल नगर्ने भन्दै एमाओवादी बाहिरिएकै दिन अधिकारी पक्राउ परेपछि उक्त घटनाले बलेको आगोमा ध्यु थप्ने संकेत गरेको अनुमान धेरैले गर्न थालेका छन् ।
अधिकारीले सशस्त्र द्वन्द्वको समयमा कृष्णप्रसादलाई चितवनबाट अपहरण गरी हत्या गरेका थिए । त्यही अभियोगमा अधिकारीमाथि जिल्ला अदालत चितवनमा कर्तव्य ज्यान मुद्धा अहिले पनि चलिरहेको छ । तर, एमाओवादी र नेपकपा–माओवादीले उक्त विषयलाई लिएर शान्तिप्रक्रिया विथोल्ने षडयन्त्र भएको भन्दै आलोचना गरेपछि उनी लगाएत घटनामा संलग्नहरु पक्राउ पर्नबाट जोगिदैँ आएका थिए ।
उनी नेताहरुकै आश्रयका कारण लामो समयदेखि फरार रहँदै आएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक रुगमबहादुर कुवँर नेतृत्वको टोलीले शनिबार पक्राउ गरेपपछि घटनाले नयाँ मोड लिने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अधिकारीलार्इ शनिबार राति नै चितवन पुर्याइएको छ ।
यस अघि पनि अन्य अभियुक्त रामप्रसाद अधिकारी र परशुराम अधिकारीलाई करिब एक महिना हिरासतमा राखेर प्रमाण अभाव भएको भन्दै तारेखमा रिहा गरेको थियो ।
अधिकारीको हत्यामा संलग्न अभियोगमा पक्राउ परेका छविलाल पौडेल र भीमसेन पौडेललाई पनि चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
छोराका हत्यारामाथि कारबाही माग गर्दै अनसन बसेका बाबु नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा ज्यान गयो भने उनकी पत्नी गंगामाया अझै पनि न्यायको भीख मागिरहेकी छिन् । नन्दप्रसादको अझै दाहासंस्कार हुन सकेको छैन । उनको अधिकारीको प्रक्राउसँगै नन्दप्रसादको दाहासंस्कार हुने संकेत देखिएको छ ।















प्रतिक्रिया