१ कार्तिक २०८३, शनिबार

राहदानी भर्दा विग्रिए एसएमएसबाट जानकारी आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

passport-mrp
काठमाडौं, ६ पुस । तपाईँको मोबाइलमा ६००१ नम्बरबाट एसएमएस आएको छ, आएको भए राम्रोसँग पढेर मात्र डिलिट गर्नुहोला।

किनकि, परराष्ट्र मन्त्रालयअन्तर्गत रहदानी विभागले तपाईँलाई जरूरी सूचना पठाएको हुनसक्छ ।

राहदानी विभागले यसैसातादेखि राहदानीका लागि बुझाएको फारम बिग्रिए सम्बन्धित ब्यक्तिलाई एसएमएसमार्फत जानकारी गराउन थालेको छ।

बिग्रिएको फारम सच्याउन आउँदा सहज होस भनेर विभागले एसएमएसमा फारम भर्दा के समस्या भएको छ त्यो पनि खुलाउने गर्छ।

राहदानी सेवालाई अझ बढी उत्तरदायी बनाउन सेवाग्राहीलाई  यस्तो सुविधा उपलब्ध गराउन थालेको विभागले जनाएको समाचार आजको नागरिक दैनिकले छापेको छ।