दिलकुमार श्रेष्ठ
दोहा, ५ पुस । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल स्वदेश फर्किनुभएको छ ।
नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च कतारको अधिवेशनमा भाग लिएर महासचिव पोखरेल स्वदेश फर्किनुभएको हो । महासचिव पोखरेललाई प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष रामहरि गैह्रे, निवर्तमान अध्यक्ष दिलकिरण खजुम, निवर्तमान उपाध्यक्ष चानकराज पोखरेल, सचिव छबि बिक, एनआरएनका केन्द्रीय सदस्य उमेश अधिकारी, एनआरएन कतारका अध्यक्ष मक्सुद आलम, कतारका एमाले नेता अजिजुर रहमान शेख, प्रवासी नेपाली मञ्च बहराइनका अध्यक्ष दुर्गा गिरीलगायतले बिदाइ गर्नुभएको थियो ।
कतार भ्रमणका क्रममा एमाले महासचिव पोखरेलले दोहास्थित नेपाली दूतावासमा पुगी नेपाली श्रमिकहरुले भोगेका समस्या र चुनौतीका विषयमा जानकारी लिनुभएको थियो । नेपाली श्रमिकहरुले भोगेका समस्यालाई गम्भीर रुपमा लिँदै महासचिव पोखरेलले परराष्ट्र मन्त्रालयमार्फत समाधानका लागि तत्कालै पहलकदमी लिने प्रतिबद्धता जनाउनु जनाउनुभयो । यसैगरी, महासचिव पोखरेललाई कतारका नेपाली व्यवसायी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले भेटी नेपालको वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल गरेको प्रवासी गरेका थिए । महासचिव पोखरेलले सम्पूर्ण प्रवासी नेपालीलाई समेटेर जलविद्युतमा लगानी गर्नका लागि वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाउनुभएको प्रवासी नेपाली मञ्च कतारका नेता चानक पोखरेलले जानकारी दिनुभयो ।
प्रवासी नेपाली मञ्चको अधिवेशनमा भाग लिन केन्द्रीय सदस्य सूर्य थापाका साथ महासचिव पोखरेल बुधबार दोहा आइपुग्नुभएको थियो ।
















प्रतिक्रिया