काठमाडौं, ५ पुस । काठमाडौंमा यौनजन्य एसएमएसका कारण आतंक मच्चिएको छ ।
‘काठमाडौं उपत्यकाभित्र किशोर किशोरीहरु व्यवसायिक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीका लागि ९८०८९६९९२१र ९८०८९७०१११ मा फोन गर्नुहोला ।’ भन्दै शुक्रबार हजारौं सर्वसाधारणको मोबाइलमा एसएमएस आएको थियो । यो एसएमएस आएपछि धेरै त दंग परेर फोन गरे, कति भने प्रहरीलाई गुहार्न पुगे ।
महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानबाट पुल्चोकस्थित ‘तेरे डेस होमिज’नामक जर्मन संस्थाले यस्तो एसएमएस गरेको खुलेको छ । प्रहरीले संस्थाका संचालकहरुलाई भने पक्राउ गरेन । आफूहरुले यौनसम्बन्धी सर्वेक्षणका लागि त्यसरी एसएमएस गरेको बताएपछि पक्राउका लागि गएको प्रहरी टोली त्यसै फर्किएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरी परिसर काठमाडौंबाट स्वीकृती लिएर यो एसएमएस सर्वेक्षण गरेको खुलेको छ ।
















प्रतिक्रिया