अमर सुनार
दैलेख, ५ पुस । दैलेखका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चढेको गाडीले किचेर बालिकाको ज्यान गएको छ ।
आज दिउँसो १२ बजेतिर सदरमुकामको त्रिभुवन उच्च मावि नजिकै बाटो सडकमा बा १ झ ७६५८ नम्वरको जिल्ला प्रशासन कार्यालयको जीपले किचेर २ वर्षीया बालिका खुसी मल्लको ज्यान गएको हो ।
नारायण नगरपालिका–३ भीरमौराका बुबा अमृत मल्ल र आमा प्रेरणा मल्लको एक मात्र सन्तान ती बालिकाको जीपले किचे लगतै जिल्ला अस्पतालमा पु¥याई उपचार थाल्दै गर्दा प्राण गएको थियो ।
सवारी दुर्घटना कम गराउन चौतर्फी दबाब बढिरहेको बेला सिडिओको गाडीले बालिका मारेको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुली र सरकारको बिरोध गरेका छन् । घटनापछि जीप र चालकलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी पराजुलीले परिस्थिति उत्तेजक हुन नदिन प्रहरीमै बसेर जनसम्पर्क बढाउनु भएको छ । अरु बेला एकदमै कम जनसम्पर्कमा जाने उहाँको स्वभाव छ ।
















प्रतिक्रिया