१ कार्तिक २०८३, आइतबार

अख्तियारका डरले गोरखाका शिक्षकको राजीनामाको ओइरो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि गोरखाका सरकारी विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा बुझाएका छन् ।

गत कात्तिकदेखि जिल्ला शिक्षा कार्यालयमा राजीनामा बुझाउने शिक्षकको भिड छ ।  आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले जिल्लामा कार्यरत तीन हजार शिक्षकका कागजात र  प्रमाणपत्र छानबिनका लागि शिक्षा कार्यालयसँग माग गरेको थियो ।

कार्यालयमा आएर अहिलेसम्म १० राहत दरबन्दीका, दुई सट्टा र ४३ दरबन्दीका शिक्षकले आआफ्ना पदबाट राजीनामा दिएको शिक्षा कार्यालयले जनाएको छ ।