१ कार्तिक २०८३, आइतबार

भारी हिमपातले मुक्तिनाथ सुनसान, कता गए पर्यटक ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

muktinath-mandir1
मुस्ताङ,  ५ पुस । भारी हिमपातका कारण मुक्तिनाथ सुनसान बनेको छ ।

जोमसोमदेखि तीर्थस्थल मुक्तिनाथसम्म जाने सडक र पैदल मार्गमा हिउँ जमेकाले भक्तजन जान सकेका छैनन् ।

मङ्गलबारदेखि छेउछाउका सर्वसाधारणबाहेक कोही पनि आउन नसकेको मन्दिरका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

जोखिम मोलेर हिँड्न सक्ने मात्र मुक्तिनाथमा पुग्ने गरेका छन् ।

हिउँ परेदेखि मन्दिरमा दैनिक दुई जनाभन्दा बढी भक्तजन नआएको पुजारी सुवेदीको भनाइ छ ।

जाडो मौसम सुरु भए पनि मुक्तिनाथमा जिल्ला र बाहिर जिल्लाबाट समेत भक्तजन जाने गर्छन् ।

सडकको मुख्य भाग र आसपासका क्षेत्रमा हिउँ रहेकाले जोमसोमदेखि माथि कागबेनी र मुक्तिनाथसम्म सवारीसाधन ठप्प बनेको मुस्ताङ जिप तथा बस सञ्चालक समितिका सदस्य दीपक लालचनले बताउनुभयो ।