१ कार्तिक २०८३, आइतबार

उमाचन्द्र गीता रजौरे पत्रकारिता पुरस्कार गौतमलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Basundhara Gautam
दाङ,  ५ पुस । राप्ती अञ्चल कार्यालय राससमा कार्यरत नारायणी रजौरेले आफ्ना बुबा उमाकान्त, आमा गीतादेवी र भाइ चन्द्रमणिका स्मृतिमा स्थापना गरेको ‘उमाचन्द्र गीता स्मृति रजौरे पत्रकारिता पुरस्कार’ यस वर्ष दाङका पत्रकार वसुन्धरा गौतमलाई प्रदान गरिएको छ ।

नेपाल  पत्रकार महासङ्घ दाङकोे २२ औँ स्थापना दिवसका अवसरमा शुक्रबार घोराहीमा आयोजित कार्यक्रममा महासङ्घका महासचिव उजिर मगरले उक्त पुरस्कार प्रदान गर्नुभयो ।

पुरस्कारको राशि तीन  हजार र सम्मानपत्र  छ ।  पुरस्कार जिल्लामा क्रियाशील एक पत्रकारलाई बर्सेनि प्रदान गरिँदै आएको छ ।