१ कार्तिक २०८३, शनिबार

उपराष्ट्रपतिदेखि नेता, मन्त्रीसम्म सबैको सचिवालयमा नातागोता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parmanand_jha
काठमाडौं, ५ पुस । उपराष्ट्रपति परमानन्द झाको स्वकिय सचिवालयमा नातेदारबाटै भरिएको छ ।

राजनीतिक पृष्ठभुमि नरहेका झाले परिवारका चार सदस्यलाई उपल्लो तहको सुविधा पाउने गरी आफ्नो सचिवालयमा भर्ती गरेका छन् ।

झाले आफ्ना छोरा कृष्णप्रसाद झालाई प्रमुख स्वकिय सचिव बनाएका छन् ।

त्यस्तै भतिजा देवानन्द झा सहसचिवमा कार्यरत छन् ।

उपराष्ट्रपतिले बुहारीले श्यामली झालाई पनि सहसचिवको सुविधा लिने गरी नियुक्त गरेको समाचार आजको राजधानी दैनिकले छापेको छ ।

केहि समय छोरी ज्योति झा पनि स्वकिय सचिवालयमै थिइृन तर पछिल्लो समय संयुक्त राष्ट्र संघको प्रोजेक्टमा काम गर्न थालेपछि छाडेकी छिन् ।

प्रधानमन्त्री सुशील कोइरालाले पनि स्वकिय सचिवालयमा भतिज अतुल कोइराला, स्वकिय सचिवमा भान्जा रमेश भण्डारी, मृदुला कोइराला  लगायतका नियुक्त गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा रहेकी प्रभा कोइराला पनि उनको भान्जी हुन ।

अर्थमन्त्री रामशहरण महतले पनि आफ्नो स्वकिय सचिवमा भतिजा रमेश महतलाई नियुक्त गरेका छन् ।

शिक्षामन्त्री चित्रलेखा यादवले पनि आफ्नै नातेदार श्रीकृष्ण यादवलाई सचिवालयमा नियुक्त गरेकी छिन् ।

गृहमन्त्री वामदेव गौतमले पनि छोरा हरीश गौतमलाई स्वकिय सचिवमा नियुक्त गरेका छन् ।

भुमिसुधारमन्त्री दल बहादुर राना, सिंचाइमन्त्री एनपी साउद लगायतकाले पनि नातेदार मात्रै सचिवालयमा नियुक्त गरेका छन् ।