१ कार्तिक २०८३, शनिबार

अस्तव्यस्त शिक्षा, १३ हजार उजुरी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

School Studentकाठमाडौं, ५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलमा सबैभन्दा बढी उजुरी शिक्षा क्षेत्रको परेको छ ।

दर्ता भएका उजुरीमध्ये शिक्षासँग सम्बन्धित मात्रै १३ हजारभन्दा बढी रहेको अख्तियारले जनाएको छ ।

अख्तियारमा परेको उजुरीमा विद्यालय, विश्वविद्यालय, ब्यवस्थापन, समिति, शिक्षक, नियुक्तिरसरुवा, झोले विद्यालय, विद्यालय भवन निर्माण, छात्रवृत्ति, सम्बन्धन, परीक्षाफल लगायत विषयका छन् ।

स्थानीय तहदेखि शिक्षा मन्त्रालयसम्मका सामान्य विषय र आर्थिक अनियमितताका मुद्दा अख्तियारमा परेका हुन् ।

अख्तियारका सहप्रवक्ता केशव घिमिरेका अनुसार अख्तियारमा परेका उजुरीमध्ये सबैभन्दा धेरै शिक्षा क्षेत्रको नै रहेको समाचार आजको राजधानी दैनिकले छापेको छ ।

शिक्षा विभागले जिल्लामा विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि विनियोजित बजेटमा ब्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकको मिलेमतोमा आर्थिक अनियमितता हुने गरेको प्रमाण फेला पारेपछि आयोगले बिगोसहित कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गर्दै आएको छ ।

नक्कली विद्यालय खडा गर्दै सरकारबाट सुविधा लिने ६५ विद्यालय खारेज गथर्दै कारबाहीका लागि प्रक्रिया अघि बढाइएको घिमिरेले बताए ।