१ कार्तिक २०८३, शनिबार

तपाईहरूको आधिकारिक विषय के हो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi Flag
काठमाडौं, ५ पुस । विपक्षी दल एमाओवादीले संविधान निर्माणमा कांग्रेस र एमालेकोु ुबटमलाइनु दिन आग्रह गरेका छ ।

कांग्रेस र एमालेले सहमतिका लागि लचिलो हुने भनिरहेका बेला एमाओवादीले ती दुई दलसित संघीयता, निर्वाचन प्रणाली, शासकीय स्वरुपलगायतका बिषयमा ठोस प्रस्ताव ल्याउन आग्रह गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

कांग्रेस र एमालेसंग अनौपचारिक छलफल गरिरहेको एमाओवादीले ठोस प्रस्ताव ल्याएपछिमात्र सहमतिमा पुग्न सकिने जनाएको छ ।

‘हामीले आफ्नातर्फबाट लचिलो भएका छौ, कांग्रेस र एमालेलाई पनि लचिलो भएर ठोस प्रस्ताव ल्याउन भनेको छौ’, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘सहमतिका लागि लचिलो हुन तयार छौ भन्दै कांग्रेस र एमालेले समय लम्ब्याएको महसुस भएको छ ।’

उनले एमाओवादीले संविधान निर्माणका धेरै विषयमा पहिलेको अडान परिमार्जन गरेको दाबी गरे । ‘सहमतिका लागि हामीले ठोस प्रस्ताव दिइसकेका छौ’ उनले भने ।

एमाओवादीले संघीय प्रदेश, शासकीय स्वरूपलगायतमा आफूले लचकता देखाएको भन्दै आएको छ ।

एमाओवादीले कांग्रेस र एमालेसंग भएका अनौपचारिक बैठकमा संविधान निर्माणको बटमलाइन प्रस्तुत गर्न आग्रह गरेको जानकारी दिए ।

कांग्रेस र एमालेले सहमतिका लागि लचक भएको बताए पनि बटमलाइन प्रस्तुत नगर्दा सहमतिमा पुग्न कठिन भएको उनको दाबी छ ।

यसैबीच एमाओवादी, मधेश केन्द्रित र जनजाति दलले कांग्रेस, एमालेको बटमलाइन पर्खेको जनाएका छन् ।

संघीय लोकतान्त्रिक मोर्चाको शुक्रबार बसेको बैठकले अझै सहमतिका लागि केही दिन पर्खने उल्लेख गर्दै त्यसपछि आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ ।

‘सहमतिका लागि हामी अझै केही दिन पर्खन्छौु’ संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले भने, ‘अब हामी धेरै दिन कुर्न सक्दैनौ, आन्दोलनमा जान्छौ ।’

मोर्चा संयोजक एबं एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमाले अझै पनि आफ्नो अडानमा कायम रहेको उल्लेख गर्दै अझै  सहमतिका लागि प्रयास थाल्ने बताएका थिए ।

उनले सहमति हुन नसक्ने अवस्थामा आन्दोलन एकमात्र विकल्प भएको बताए ।

सहमतिका लागि सकारात्मक संकेत देखिए पनि अघि बढ्न नसकेको उनको भनाइ थियो ।