२९ आश्विन २०८३, बिहिबार

प्रेस चौतारीको पहिलो अन्तर्राष्ट्रिय शाखा कतारमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1

दोहा, ४ पुस । प्रेस चौतारी नेपालले पहिलोपटक विदेशमा शाखा स्थापना गरेको छ । विदेशमा पनि शाखा सञ्जाल गर्ने प्रेस चौतारी केन्द्रीय कमिटीको निर्णय अनुसार प्रेस चौतारी शाखाको पहिलो शाखा कतारमा खोलिएको हो ।

2

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा दोहामा शुक्रबार भएको भेलाले नवराज बिकको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा मणिराज पुन, सचिव दिलकुमार श्रेष्ठ, सहसचिव याम बिसी, कोषाध्यक्ष गणेश बराल, सदस्यहरुमा भुवन केसी, घनश्याम पराजुली, उत्तम भट्टराई, मोहम्मद फारुन, दिल रानाभाट, अनिल मगर रहनुभएको छ ।

3

नवनिर्वाचित कमिटीलाई नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापा, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवं अन्तर्राष्ट्रिय शाखा संयोजक गणेश पाण्डे, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष दिलकिरण खजुम, गैरआवासीय नेपाली संघका गल्फ सहसंयोजक पूर्ण केसी लगायतले बधाई दिनुभएको थियो ।