१ कार्तिक २०८३, आइतबार

पचास किलो गाँजा र चरेससहित एकजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, ४ पुस । पर्साको पटेर्वा सुगौलीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस र गाँजासहित एकजनालाई फक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको टोलीले पटेर्वा सुगौली–७ का प्रभु गौरोको घरमा गएराति छापा मारेर चरेस र गाँजासहित गौरोलाई पक्राउ गरेको हो ।

गौरोको घरबाट ५० केजी चरेस, ५० केजी गाँजा र चरेस बनाउन प्रयोग गरिने फलामको उपकरण एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गौरोलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिनुभयो ।

यसअघि पर्साको तुलसीबर्वा गाविसबाट पनि प्रहरीले लागुऔषध गाँजासहित दुईजनालाई बिहीबार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जगरनाथपुर–५ घुसकपुर निवासी हिरामन यादव र दीपेन्द्र माझी रहेका छन् ।

ग.१प ६४२७ नम्बरको मोटरसाइकलमा गाँजा लिएर विश्रामपुरबाट जयमङ्गलापुरको झलमहिया गाउँतर्फ जाँदै गरेको अवस्थामा दुवै जनालाई प्रहरी चौकी वञ्जारीले पक्राउ गरेको थियो । रासस