
काठमाडौं, ४ पुस । नेपाली नागरिकता र राहदानीसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सोहिद उल्लाह मियालाई पक्राउ गरेको हो ।
बसन्तपुरबाट मियाँलाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको डिएसपी दिनेश आर्चायले जानकारी दिएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
मियाँले सप्तरीको छिन्नमस्ता ६ निवासी भनेर नागरिकता बनाएका छन् ।
कुनै गिरोहले नागरिकता बनाइदिएको हुन सक्ने आर्चायले बताए ।















प्रतिक्रिया