१ कार्तिक २०८३, आइतबार

चितवनका यातायात व्यावसायी आन्दोलित, सवारीको चावी प्रमुख जिल्ला अधिकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chatwan-local busसन्दिप भट्ट
चितवन, पुस ३ । चितवनको स्थानीय रुटमा चल्ने माइक्रो बसहरुले बिहीबारदेखि आन्दोलनको घोषणा गरेका छन् ।

उनीहरुले चितवनको नारायणगढदेखि भण्डारा–लोथर सडकखण्डमा चल्ने छहारी, ओम् शान्ति र चितवन माइक्रोले संयुक्त रुपमा आफ्ना बसहरु भरतपुरको केन्द्रीय बसपार्कमा राखेर आन्दोलन गरेका हुन् ।

चितवन ट्याम्पु बस व्यवसायी समितिबाट मनपरी रुपमा म्याजिक भ्यान र नगर बसलाई सञ्चालन गरिएको भन्दै व्यवसायीहरुले संयुक्त रुपमा आफ्ना यातायात ठप्प पार्दै आन्दोलन गरेका हुन् ।

नारायणगढ–लोथर रुटमा चल्ने माइक्रो बसका सञ्चालक धनप्रसाद सिलवालले चितवन ट्याम्पु बस व्यवसाय समितिबाट चलेका सवारीलाई जथाभावी चल्न बन्द नगरिएसम्म आफूहरुले आन्दोलन फिर्ता नगर्ने बताए । ‘नगरबसहरु मनलाग्दी रुपमा चल्ने गरेको छन्, उनीहरुको निश्चित गन्तब्य नै छैन’ सिलवालले भने, –‘टाँडी तिर जाँदै गरेको बस यात्रु भएन भने बीच बाटोबाट नै फिर्ता हुने गरेको छ ।’

सरकारले सिन्डीकेट लागू गर्न नपाउने भने पनि बसको रुट प्रमिट लिन जाँदा समितिको सिफारिस माग्ने गरेको सिलवालले बताए । त्यस्तै अर्का व्यवसायी कृष्णहरि शर्माले सरकारले सिन्डीकेट हटाएको हो भने आफूहरु निर्वाध रुपमा चल्न पाउनु पर्ने बताए ।

‘यदी सिन्डीकेट नै हटाएको हो भने हामी स्थानीय रुटमा चल्दै आएका बसहरुलाई , काठमाडौँ, पोखरा, बुटवल निर्वाध रुपमा चल्न किन दिइँदैन ?’ शर्माले भने, –‘हामी चितवन जिल्ला छोडेर अन्यत्र जानु पर्‍यो भने यातायात कार्यालयबाट अनुमतिपत्र लिने व्यवस्था खारेज गर्नुपर्‍यो
।’

आफूहरुको माग सम्बोधन गर्न दवाब दिने उद्देश्यले व्यवसायीहरुले चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्मालाई सवारीको चाबी बुझाएका छन् । आफूहरुका माग सम्बोधन नभएसम्म सवारी साधन बसपार्कमा राख्ने व्यवसायी शर्माको भनाइ छ ।