१ कार्तिक २०८३, आइतबार

सप्तरीमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ३ पुस । सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुईजनाको मृत्यु भएको छ । केही दिनयता अत्यधिक चिसो र शीतलहरका कारण तराईको जनजीवन अस्तव्यस्त भएको समयमा पछिल्लोपटक सप्तरीमा कठ्याङ्ग्रिएर एक जना वृद्धको मृत्यु भएको छ ।

मृत्यु हनेमा जिल्लाको बनैनिगा गाविस–२ निवासी ७० वर्षीय चनदेश्वर खंग रहेको प्रहरीले जनाएको छ । खंगको राति आफ्नो घर जाने क्रममा अचानक अत्यधिक शीतलहरका कारण चिसो लागेपछि कठ्याङ्ग्रिएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

यसैबीच पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–८ सडकखण्डमा बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

नारायणगढबाट विराटनगरतर्फ जाँदै गरेको ना४ख १७७१ नम्बरकोे बसले सडक पेटीमा पैदल हिँड्दै गरेकोे बालिकालाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ बस्ने बोलाई सदाकी १२ वर्षीय छोरी सोनिया सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  रासस