काठमाडौँ, पुस ३ । नेपाल आयल निगमका महाप्रबन्धक डा. चन्द्रिका प्रसाद भट्टले अर्थमन्त्रालयले समन्वयन गरे तत्काल डिजेल र पेट्रोलमा चार रुपैयाँ घटाउन सकिने बताउनुभएको छ ।
युवा संघ नेपाल काठमाडौँ जिल्ला कमिटीको ज्ञापनपत्र बुझाउन गएको टोलीलाई उहाँले उक्त कुरा बताउनुभएको हो । महाप्रबन्धक डा. चन्द्रिका प्रसाद भट्टले ज्ञापन बुझाउन गएको युवा संघको टोलीलाई अर्थमन्त्रालयलाई समेत दवाव दिन आग्रह गर्नुभयो ।
हाल निगमले ३७ अर्ब ऋणको व्याज तिर्नका लागि अतिरिक्त रकम लिइरहेको छ । साथै निगमले रक्सौवलबाट इन्धन आयात गर्दा सडक मर्मत खर्च वापत अर्को चार रुपैयाँ लिदैँ आएको छ । हाल निगमले दश अर्ब बराबरको कारोबार गदैँ आएको छ ।
युवा संघको टोलीले निमग भित्र इन्धन खरीद, विक्रि र वितरण प्रक्रियालाई पारदर्शी बनाउन दवाव दिएको छ ।















प्रतिक्रिया