डडेल्धुरा ३ गते । डडेल्धुरा सदरमुकाम लगायत आसपासका बजारहरुमा बौलाहा, छाडा र भुस्याहा कुकुले आतंक मच्चाउन थालेपछि अमरगढी नगरपालिकाले कुकुर मार्ने अभियान चलाएको छ ।
केही दिनको फरकमै २० भन्दा बढी नागकिरलाई त्यस्ता कुकुरहरुले टोकेपछि नगरपालिकाले कुकुर मार्न थालेको हो । बिहीबार पहिलो दिन नगरपालिकाले ७० कुकुर मारेरको छ ।
कुकुरको टोकाईबाट २० भन्दा बढी घाईते भएकोमा २ जनाको उपचार डडेल्धुरामा सम्भव नभएपछि काठमाडौँ पठाईएको अमरगढी नगरपालिकाका सुचना अधिकृत लालबहादुर साउदले जानकारी दिनुभयो ।















प्रतिक्रिया