१ कार्तिक २०८३, शनिबार

टिफिन बट्टा हराएको विषयमा पति र जेठाजुको निर्धात कुटाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ICUभक्तपुर, ३ पुस । पति र जेठाजुको कुटाईबाट भक्तपुर सुर्यबिनायककी एक महिला अस्पताल भर्ना भएकी छन् ।

एघार बर्षअघि बिहे गरेकी २९ वर्षीया शर्मिला गाइजु गोठेलाई उनका पति सनिल गोठे र जेठाजु अनिलले मरणाशन्न हुने गरि कुटेपछि अस्पताल भर्ना भएकी हुन् ।

महानगरीय प्रहरी बृत्त जगातीले पिडक दुवै जनालाई पक्राउ गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

बृत प्रमुख नायब उपरिक्षक किरणा राणाले उजुरी परेपछि दुई जनालाई पक्राउ गरेको पुष्टि गरिन् ।

गोठेद्वयलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सार्वजानिक अपराधमा अनुसन्धानका लागि म्याद थप गरिएको छ ।

कुटपिटबाट घाईते शर्मिलाको मध्यपुर अस्पतालमा उपचार भईरहेको छ ।

१० वर्षीय छोरीले स्कुलमा खाजा राखेर पठाएको टिफिन बट्टा हराएको बिषयमा कुटपिट भएको पिडीतका माईती पक्षले जनाएका छन् ।

सर्मिला र सनिलले एक बर्षको प्रेम सम्बन्धपछि बिबाह गरेका थिए ।

तर सनिलको परिवारले उनलाई स्विकार नगरेको माईती पक्षले आरोप लगाएको छ ।

अस्पतालको बेडमा सुतेकी उनको टाउको र शरिरका बिभिन्न भागमा चोट छ ।

उनको उपचार गरिरहेको डाक्टर रामकृष्ण श्रेष्ठले कुटपिटबाट गम्भीर चोट लागेको बताए । उनका अनुसार टाउकोमा लागेको चोट गम्भीर हो ।

सर्मिलाले बिहेपछि नै पतिको परिवारले मन नपराएको भन्दै गुनासो पोखिन् ।

‘प्रेम बिबाह गरेर उसको घर पुग्दा कसैले स्विकारेनन्’ उनले भनिन्, ‘अरुको कुरा सुनेर लोग्नेले पनि साथ छोड्यो ।’

उनका अनुसार बिबाहको ३ महिनादेखी नै पतिले पनि कुटपिट गर्न थालेको हो । ‘विवाह भएको तीन महिनादेखि सनिलले पनि कुट्न र तिरस्कार गर्न थाल्यो’, उनले रुँदै भनिन्, ‘छोरी जन्मिदा समेत केही वास्ता गरेन ।’