१ कार्तिक २०८३, शनिबार

आप्रवासी कामदारलाई पत्तो छैन आफ्नै दिवस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

migrant_काठमाडौं, ३ पुस । आप्रवासी कामदार बाहुल्य मुलुक कतारमा ६ वर्ष बिताएर २८ वर्षीय विन्देश्वर साह स्वदेश फिरेको पनि एक वर्ष पुगी सक्यो ।

तर, कतार होस् वा नेपाल बसाईको क्रम उनलाई कहिल्यै अन्तराष्टिर्य आप्रवासी कामदार दिवसबारे थाह भएन ।

सन् २००० देखि हरेक डिसेम्बर १८ को दिन अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाईदै आएको छ ।

यसपाली १५ औं संस्करण हो । नेपालमा साता व्यापी रुपमा दिवस मनाईदै छ ।

कतार र नेपालमा राजनीति र सामाजिक गतिविधीमा समेत खट्ने  धनुषाधाम २ जनकपुर निवासी साह दिवसबारे आफुलाई मात्र होईन आफु जस्तै धेरै कामदारलाई पत्तै नपाएको सुनाउँछन् ।

‘मलाई १८ डिसेम्बर कतारको राष्ट्रिय दिवस भन्ने थाह छ तर आप्रवासी कामदार दिवसबारे केही थाह छैनु दुई पटकमा पनि एसएलसी पास गर्न नसकेर कतार हानिन परेको बाध्यता सुनाउँदै भने, ‘कतारको राष्ट्रिय दिवसमा रमझम र छुट्टी हुन्छ र यसमा के हुन्छ र थाह होस्’

हो पनि आप्रवासी कामदार दिवस भनेर न राष्ट्र बैंक र मनी टान्सफर कम्पनीले पैसा पठाउँदा छुट दिन्छन्, न सरकारले कुनै विशेष कार्यक्रम ल्याउँछ । न टेलिकम कम्पनीहरुले कुनै अफरको घोषणा गर्छन् न गन्तब्य देशले विशेष सेवा र छुट दिन्छन् ।

यस पाली पनि विगत जस्तै साताव्यापी रुपमा आप्रवासी कामदार दिवस मनाईएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

दिवस मूल आयोजक समितिले रेमिट्यान्स साक्षरता सामाग्री विमोचन, विद्यार्थी अभिमुखीकरण, पीडित सुनुवाई, रक्तदान, मृतक कामदारको स्मृतिमा दिप प्रज्ज्लन, स्थानीय तथा राष्ट्रिय तहमा अन्र्तकृया, गोष्ठी, र्‍याली राखेको छ, जसमध्ये कतिपय कार्यक्रम भईसकेका छन् ।

साहले कतारमा काम गर्दा आफ्नो कम्पनीमा करीव ५ सय कामदार भए पनि कसैले पनि दिवसबारे कुरा नगरेको बताउँछन् ।

साउदी अरबमा ११ वर्ष बिताएका ताप्लेजुङ, खोक्लिङका कुलप्रसाद कार्कीको पनि उस्तै भनाई छ ।

‘साउदीमा ८ वर्ष प्रवासी नेपालीलाई सहयोग, उद्धार गर्ने संस्थामा काम गरें तर पनि मलाई यो दिवसबारे केही थाह भएन’ कार्की भन्छन्, ‘फर्केर ५ वर्षदेखि आप्रवासी कामदारको अधिकार र उद्धारमा लाग्दा बल्ल थाह भो ।’

उनी प्रवासी नेपाली समन्वय समितिका उपाध्यक्ष हुन् ।

सरकारी तथा गैरसरकारी संस्थाबाट व्यापकता नभएसम्म कामदार कहाँ जानकारी नपुग्ने उनको ठम्माई छ ।

‘दिवसको कार्यक्रममा  पाहोर जो आए, अहिले तिनै आउँछन्, कामदार आउँदैनन्’ उनी भन्छन्, ‘जनस्तरमा नगएसम्म महत्व हुँदैन ।’