२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली मञ्च कतारको यसकारण अध्यक्ष बन्न चाहन्छन् गैह्रे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gaireha

दोहा । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च दोहा, कतारको आशन्न चौथो अधिवेशनको तयारी तिब्रताका साथ अगाडि बढिरहेका बेला अध्यक्ष पदका प्रत्यासी  रामहरी गैह्रेले आफ्नो अवधारणपत्र सार्वजनिक गर्नु भएको छ ।

अवधारणा–पत्र उहाँले नवौं महाधिवेशन मार्फत पारित भएको रणनीति, योजना तथा कार्यक्रमलाई सशक्त रुपमा प्रवासमा कार्यान्वयन गर्ने, संगठन र पार्टी केन्द्रबीचको सम्पर्क गर्ने र केन्द्रवाट प्राप्त निर्देशको पालाना गर्दै कार्यन्वयन गर्ने, संगठनलाई थप विस्तार तथा सुदृढीकरण गर्ने सिलसिलामा प्रशिक्षण कार्यक्रमलाई नियमित कार्यक्रमको रुपमा अगाडि बढाउने, कतारमा रहेका विभिन्न बैचारिक तथा सामाजिक संघसंस्थाहरुको सम्बन्ध, सम्पर्क तथा समन्वयलाई थप व्यवस्थित तुल्याउनेजस्ता कुरा उल्लेख गर्नुभएको छ ।

त्यसैगरी कतारमा रहेका नेपाली नागरिकहरुले भोग्नु परेका समस्या समाधानका लागि नेपाली राजदूतावास, गैह्र आवासीय नेपाली संघ तथा अन्य बैचारिक तथा सामाजिक संघसंस्थाहरुसंगको सहकार्यलाई घनिभूत तुल्याउने, कतारमा रहेका बुद्धिजिवी, व्यवसायी, पेशाकर्मी, उद्यमीहरुलाई संगठनमा आवद्ध हुन वा संगठनप्रति सदभाव र सहानुभूति जगाउन थप उत्प्रेरित गर्ने, दोहामा स्थापित साझा तथा सामाजिक संस्थाहरुसंग नेपाली श्रमिकका साझा मुद्घामा समन्वयत्मक भूमिका निर्वाह गर्ने जस्ता कुरालाई पनि उहाँले अवधारणा–पत्र उल्लेख गर्नुभएको छ ।

संगठनमा योग्यता, क्षमता, दक्षता, जवाफदेहीता, उत्तरदायित्व, पारदर्शिता जस्ता संगठनका आधारभूत पक्षहरुलाई स्थापित गराउन अभियानको रुपमा कार्यक्रम अघि बढाई संगठनको शुद्धीकरण र सुदृढीकरण गर्ने जस्ता कुरा पनि अवधारणा–पत्रमा उल्लेख छन् ।

गैह्रेको अवधारणा पत्र यस्तो छ 

पृष्ठभूमिः

कतारमा नेपालीहरुको आगमन बैदेशिक रोजगारी र खास गरी अदक्षकामदारको रुपमा सन् १९९० को दशकबाट शुरु भएको हो । त्यस बेलादेखि हालसम्म आइपुग्दा कतारले विश्वको सबैभन्दा बढी आम्दानी भएको सम्पन्न मुलुकको रुपमा आफूलाई विश्व सामु चिनाइसकेको मात्र छैन, नेपालीहरुको संख्या पनि लगभग ५ लाखको हाराहारीमा पुगेर नेपाललाई प्राप्तहुने विप्रेषण आयमा ठूलै आयतनमा बृद्धि भएको छ । यस अलावा नेपालीहरु हालआएर अदक्ष श्रमिकमात्र नभै विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनमा पनि संलग्न भएको दखिन्छ ।

यसरी आफ्नो र परिवारको सुनौलो भविष्यको सपना देखेर कतार आउने नेपालीहरुको संख्या हाल पनि बढ्दो रहेको छ । म पनि सोही क्रममा सन् २००२ माकतार आई उक्त समयदेखि हालसम्म एक दक्ष कामदारको रुपमा काम गर्दै आएकोआज एक दशकभन्दा लामो समय भैसकेको जानकारी गराउन चाहन्छु । यस अवधिमा नेपालीहरुका विभिन्न समस्याहरुको साक्षी मात्र नभै कतिपयमा आप्नो क्षमता, योग्यता, लगानी र समयले भ्याएसम्म प्रत्यक्ष सहभागी भै समाधानको लागि पहल गरी उनीहरुको सपनाको घाउमा मल्हम लगाउने कार्य निरन्तर गर्दै आएको छु ।

विद्यार्थी जीवनकालदेखिकै ने.क.पा. (ए.मा–ले)मार्गदर्शक शिद्घान्तजनताको वहुदलियजनवाद म भित्र अंकुरण भएको प्रगतिशिल विचारले पनि महत्वपूर्ण भूमिका खेलेको ठान्दछु । यसैकाकारण म भित्र आफूले पनिअन्याय नगर्ने र आफू वा अरु कसैमाथि विनागल्ती भएको अन्याय पनि रत्तिभर सहन गर्न नसक्ने सोच, विचार, चिन्तन र व्यवहारको विकास हुन गयो ।

कतारमा नेपालीहरुको संख्याको बृद्धिसंगै संघसंस्था खोल्न होडवाजी शुरु भएको हो । यसै क्रममा यहाँ खोलिएका कतिपय पुराना संस्थाहरुसंगै खोलिएको तत्कालिन प्रवासी नेपाली सम्पर्क मञ्च दोहा, कतारको शुरुआती समयदेखि हालसम्म साधारण सदस्यदेखि विभिन्न जिम्मेवार पदमा रहीकार्य सम्पादन गरी सकेको छु ।

संगठनलाई हालको अवस्थामा ल्याई पुरयाउन, यसको विस्तार गर्न तथाआधारलाई सुदृढ तुल्याउनमा आफ्नो अहम भूमिका रहेको कुरा मञ्चलाई माया गर्ने सबैलाई छर्लङ्ग जानकारी छ । योग्यता, उमेर, योगदान, परिपक्वता, अनुभवको बृद्धिसंगै पहिले भन्दा माथिल्लो जिम्मेवारी लिएर मञ्चलाई थप योगदान गर्ने महत्वाकांक्षा विकास हुनु स्वाभाविक मानवीय प्रबृति अनुकूल नै हुने हुँदा यस पटकको अधिवेशनमार्फत नया नेतृत्वका लागि हुने प्रवासी नेपाली मञ्च, दोहा, कतारको अध्यक्ष पदको प्रत्यासीको रुपमा आफ्नो उम्मेदवारी घोषणा गरी सकेको छु ।

२. मेरो उम्मेदवारीको उद्धेश्यः

यस महाधिवेशनमा संगठनको अध्यक्षको पदमा मेरो उम्मेदवारीको उद्धेश्य देहायबमोजिम रहेका छन्:

क. मातृ पार्टी ने.क.पा. (ए.मा–ले) को नवौं महाधिवेशनमार्फत पारित भएको रणनीति, योजना तथा कार्यक्रमलाई सशक्त रुपमा प्रवासमा पनि आत्मसातीकरण तथा कार्यान्वयन गर्ने,

ख. संगठन र पार्टी केन्द्र बीचको सम्पर्क गर्ने र केन्द्रवाट प्राप्त निर्देशनको पालाना गर्दै कार्यन्वयन गर्ने ।

ग. संगठनलाई थपविस्तार तथा सुदृढीकरण गर्ने सिलसिलामा प्रशिक्षण कार्यक्रमलाई नियमित कार्यक्रमको रुपमा अगाडि बढाउने,

घ. कतारमा रहेकाविभिन्न बैचारिक तथा सामाजिक संघसंस्थाहरुको सम्बन्ध, सम्पर्क तथा समन्वयलाई थप व्यवस्थित तुल्याउने,

ङ. कतारमा रहेका नेपाली नागरिकहरुले भोग्नु परेका समस्या समाधानका लागि नेपाली राजदूतावास, गैह्र आवासीय नेपाली संघ तथा अन्य बैचारिक तथा सामाजिक संघसंस्थाहरुसंगको सहकार्यलाई घनिभूत तुल्याउने,

च. कतारमा रहेका बुद्धिजिवी, व्यवसायी, पेशाकर्मी, उद्यमीहरुलाई संगठनमा आवद्ध हुनवा संगठनप्रति सदभाव र सहानुभूति जगाउन थप उत्प्रेरित गर्ने,

छ. दोहामा स्थापित साझा तथा सामाजिक संस्थाहरुसंग नेपाली श्रमिकका साझा मुद्घामा समन्वयत्मक भूमिका निर्वाह गर्ने,

ज. संगठनमा योग्यता, क्षमता, दक्षता, जवाफदेहीता, उत्तरदायित्व, पारदर्शिता जस्ता संगठनका आधारभूतपक्षहरुलाई स्थापित गराउन अभियानको रुपमा कार्यक्रम अघि बढाई संगठनको शुद्धीकरण र सुदृढीकरण गर्ने,

३. मेरो उम्मेदवारीको सार्थकताः

सामाजिक तथा बैचारिक संघसंस्थाहरुसंगको लामो आवद्धता, कार्यसम्पादन तथा अनुभवका कारण मेरो देहाय बमोजिमका सवल पक्षका कारण मेरो उम्मेदवारी सार्थक भएको ठान्दछु:

क. संगठनमा निरन्तरको लगाव, योगदान, प्रतिबद्धता,

ख. क्षमता, दक्षतातथाअनुभव,

ग. विभिन्न सामाजिक, बैचारिक संघसंस्थाहरु, व्यवसायीहरु, बुद्धिजीवीहरु, समाजका अघुवाहरु, पत्रकार जगतसंग समेतको सम्पर्क तथा सम्बन्ध,

घ. नेपाली राजदूतावाससंगको सम्बन्धतथा सम्पर्क,

ङ. कतारका सरकारी निकायहरुसंग सम्पर्क, समन्वय तथा सम्बन्ध कायम गरी उपयुक्त समयमा त्यसको उपयोग गरी कार्यसम्पादन गर्न सक्ने क्षमता,

च. संगठन कौशलता ।

४. मेरो प्रतिबद्धताः

यस अधिवेशनको दौरान नयाँ नेतृत्व चयनका लागि सहमतिका लागि अथक प्रयास गर्ने सो नभएमा निर्वाचनमा समर्थक, शुभेच्छुक तथा संगठन सदस्य तथा प्रतिनिधिहरुले मलाई अध्यक्षको रुपमा विश्वास गरी निर्वाचित गर्नु भएको खण्डमा आफ्नो कार्यकालमा देहाय बमोजिमका कार्यसम्पादन गरी प्रवासी नेपालीमञ्च दोहा, कतारको छवी तथा कदलाई नया उचाई प्रदान गर्न योगदान पुरयाउने प्रतिबद्धता व्यक्त गर्दछु:

क. जनताको बहुदलीय जनवादलाई निरन्तर रुपमा कार्यान्वयन गर्ने पार्टीको रणनीति, योजना तथा कार्यक्रमलाई आत्मसातगर्दै संगठनलाई आन्तरिक एकता शुद्धीकरण गर्ने,

ख. संगठनका सदस्यहरुका लागि नियमित रुपमा उर्जा प्रदान गर्न बर्षमा ४ वटा तालिम (३ वटा स्थानीय बरिष्ठ सदस्यहरुबाट र १ वटा पार्टी केन्द्रबाट प्रतिनिधि झिकाई) कार्यक्रम आयोजना गर्ने,

ग. नेपाली कामदारहरुको हकहितको प्रश्नलाई अझ गहन रुपमा उठान गर्नको लागि कतारमा रहेका विभिन्न बैचारिक तथा सामाजिक संघसंस्थाहरु, बुद्धिजीवी, पत्रकार, महिला सबैको सहभागिता रहने गरी हरेक बैठक आयोजना गरी बैदेशिक रोजगार, विप्रेषणको सदूपयोग, महिला कामदारहरुको सुरक्षा, वीमा, लगायतका विषयमा राजदूतावास र पार्टी केन्द्र मार्फत सरकारलाई नीतिगत राय सुझाव पठाउने,

घ. संगठनमा अनुभव, क्रियाशिलतालाई बढावा दिने,

ङ. कतारको श्रम कानूनको नेपाली अनुवाद गरिएको पुस्तिका थप छपाई गरी अझ बढी कामदार माझ पुरयाउने,

च. अन्य नेपाली संघसंस्था तथा कतार सरकारका निकायहरुसंग समन्वय गरी कामदारको स्वास्थ्य तथा जीवन रक्षा, कामसंग सम्बन्धितजोखिम र सुरक्षाको अवलम्बन सम्बन्धी सचेतनामूलक कार्यक्रम हरेक बर्ष आयोजना गर्ने,

छ. कतारमा रहेका बुद्धिजिवी, व्यवसायी, पेशाकर्मी, उद्यमीहरु सूचीतयार गरी कम्तीमा बर्षको एक पटक अन्तरक्रिया गर्ने व्यवस्था मिलाउने,

ज. नेपाली राजदूतावास, गैह्र आवासीय नेपाली संघ तथाअन्य बैचारिक तथा सामाजिक संघसंस्थाहरुसंगको सम्पर्क, सम्बन्ध, समन्वय र सहकार्यलाई घनिभूत तुल्याउने,

झ. कतार सरकार तथायहाँका गैह्र सरकारी संस्थाहरुसम्मको पहुँच तथा सम्पर्कलाई अझ सुदृढ तुल्याई अल्पकालीन रुपमा नेपाली श्रमिकको हकहितको प्रबद्र्धनमा उपयोग गर्ने र दीर्घकालीन रुपमा नेपाल र कतारमा कार्यरत नेपालीहरुलाई फाइदा हुने कार्यमा टेवा पुरयाउने ।

५. मेरो अपील तथा अनुरोध:

मैले प्रवासी नेपालीमंचको स्थापनादेखि साधारण सदस्यदेखि विभिन्न हैसियतमा रहीहालसम्म गरेकाकाम कारवाहीहरुको प्रत्यक्ष तथा परोक्ष रुपमा साक्षी रहनु भएका सम्पूर्ण समर्थक, शुभेच्छुक, संगठन सदस्यतथा प्रतिनिधिहरु मेरो उम्मेदवारीप्रति यहाहरुको पुर्ण सहयोग गर्नु भै संगठनको गतिशिलता, परिवर्तन र यथार्थ उचाई हासिल गर्ने अभियानलाई सहयोग गर्न हुन अपील गर्दछु साथै मेरा माथि उल्लिखित प्रतिबद्धताको कार्यान्वयनमार्फत तपाईहरुको विश्वास र भरोसालाई आगामी कार्यकाल भरी उर्जाको रुपमा आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।

हार्दिक धन्यवादसहित ।
रामहरी गैह्रे
चैथो अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवार