२८ आश्विन २०८३, बुधबार

बाँदरलाई रक्सी खुवाएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Monkey

उत्तरपूर्वी भारतीय राज्य मणिपुरबाट एउटा रोचक खबर आएको छ मणिपुरको राजधानी इमफालको जुबाट एक व्यक्तिलाई बाँदरलाई रक्सी खुवाएको आरोपमा गिरफ्तार गरिएको छ । गल्ती स्वीकार गरेपछि ती व्यक्तिलाई जरिवानासमेत तिराइएको छ ।

मणिपुर जुका डाइरेक्टर जोयकुमार सिंहले बाँदरलाई रक्सी खुवाउने व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरे । ‘जोसुआ इनबुओन नाम गरेका व्यक्तिलाई सोमबार जु परिसरबाटै पक्राउ गरिएको हो । उनी जुको एउटा बाँदरलाई पेय पदार्थमा मदिरा मिसाएर पिलाउँदै थिए । हाम्रा कर्मचारीले ती व्यक्तिको यस्तो हर्कत देखे र उनलाई तत्काल पक्राउ गरे,’ उनले भने । बाँदरलाई रक्सी खुवाउने व्यक्ति आफँैले पनि मातिने गरी रक्सी खाएका थिए ।

वाइल्डलाइफ प्रोटेक्सन कानुनअन्तर्गत उनलाई पक्राउ गरिएको हो । गल्ती स्वीकार गरेपछि उनलाई तीन हजार रुपैयाँ भारु जरिवाना तिराइएको छ ।

रक्सी खाएपछि बाँदरले कस्तो हर्कत देखाउँदो रहेछ भन्ने थाहा पाउन आफूले यस्तो गल्ती गरेको जोसुआले बताए । पेय पदार्थमा मिसिएको रक्सी खाने बाँदरले असामान्य व्यवहार देखाउन थालेपछि त्यसलाई उपचारका लागि भेटनरी डाक्टरकोमा लगिएको थियो ।