३० आश्विन २०८३, शुक्रबार

गैह्रेले सार्वजनिक गरे आफ्नो अवधारण–पत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gaireha

दोहा । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च दोहा, कतारको आशन्न चौथो अधिवेशनको तयारी तिब्रताका साथ अगाडि बढिरहेका बेला अध्यक्ष पदका प्रत्यासी  रामहरी गैह्रेले आफ्नो अवधारणपत्र सार्वजनिक गर्नु भएको छ ।

अवधारणा–पत्र उहाँले नवौं महाधिवेशन मार्फत पारित भएको रणनीति, योजना तथा कार्यक्रमलाई सशक्त रुपमा प्रवासमा कार्यान्वयन गर्ने, संगठन र पार्टी केन्द्रबीचको सम्पर्क गर्ने र केन्द्रवाट प्राप्त निर्देशको पालाना गर्दै कार्यन्वयन गर्ने, संगठनलाई थप विस्तार तथा सुदृढीकरण गर्ने सिलसिलामा प्रशिक्षण कार्यक्रमलाई नियमित कार्यक्रमको रुपमा अगाडि बढाउने, कतारमा रहेका विभिन्न बैचारिक तथा सामाजिक संघसंस्थाहरुको सम्बन्ध, सम्पर्क तथा समन्वयलाई थप व्यवस्थित तुल्याउनेजस्ता कुरा उल्लेख गर्नुभएको छ ।

त्यसैगरी कतारमा रहेका नेपाली नागरिकहरुले भोग्नु परेका समस्या समाधानका लागि नेपाली राजदूतावास, गैह्र आवासीय नेपाली संघ तथा अन्य बैचारिक तथा सामाजिक संघसंस्थाहरुसंगको सहकार्यलाई घनिभूत तुल्याउने, कतारमा रहेका बुद्धिजिवी, व्यवसायी, पेशाकर्मी, उद्यमीहरुलाई संगठनमा आवद्ध हुन वा संगठनप्रति सदभाव र सहानुभूति जगाउन थप उत्प्रेरित गर्ने, दोहामा स्थापित साझा तथा सामाजिक संस्थाहरुसंग नेपाली श्रमिकका साझा मुद्घामा समन्वयत्मक भूमिका निर्वाह गर्ने जस्ता कुरालाई पनि उहाँले अवधारणा–पत्र उल्लेख गर्नुभएको छ ।

संगठनमा योग्यता, क्षमता, दक्षता, जवाफदेहीता, उत्तरदायित्व, पारदर्शिता जस्ता संगठनका आधारभूत पक्षहरुलाई स्थापित गराउन अभियानको रुपमा कार्यक्रम अघि बढाई संगठनको शुद्धीकरण र सुदृढीकरण गर्ने जस्ता कुरा पनि अवधारणा–पत्रमा उल्लेख छन् ।