१ कार्तिक २०८३, आइतबार

राष्ट्रपति र प्रचण्डबीच भेटबार्ता, के–के भयो कुराकानी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ram-baranकाठमाडौँ, २ पुस । राष्ट्रपति डा रामवरण यादव र एमाओवादी अध्यक्ष प्रचण्डबीच भेटबार्ता भएको छ । उहाँहरुबीच भेटघाटका क्रममा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलगायत अन्य समसामयिक विषयमा कुराकानी भएको हो।

अध्यक्ष प्रचण्ड बुधबार राष्ट्रपति निवास शीतलनिवास जानु भई मुख्यतः संविधान लेखनमा दलहरुबीच भइरहेका प्रयासका बारेमा राष्ट्रपति डा यादवलाई जानकारी गराउनु भएको थियो ।

नयाँ संविधान जारी गर्ने मिति माघ ८ गते नजिकिँदै गर्दा संविधान लेखनका प्रगतिका बारेमा राष्ट्रपति डा यादवले दलका नेताहरुलाई शीतलनिवास बोलाएर जानकारी लिने क्रम जारी छ। सो अवसरमा अध्यक्ष प्रचण्डले सहमतिका आधारमा घोषित मितिमा संविधान जारी गर्न आफ्नो दलले सहमतिको प्रयास जारी राखेको सञ्चारकर्मीलाई बताउनुभयो ।