१ कार्तिक २०८३, आइतबार

दृष्टिविहीन छात्रालाई बलात्कार गर्ने दण्डपाणिलाई १० वर्षको जेल सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २ पुस । दृष्टिविहीन छात्रालाई बलात्कार गर्ने एक शिक्षक जेल चलान हुने भएका छन् । शिक्षक दण्डपाणि ढकाललाई कास्की जिल्ला अदालतले १० वर्ष जेल सजाय सुनाएपछि उनी जेल जाने निश्चित भएको हो ।

जिल्ला न्यायाधीश रामप्रसाद ओलीको एकल इजलासले बुधबार अभियुक्तलाई  जेल सजायसँगै पीडित महिलालाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको हो ।

ढकाल लेखनाथ नगरपालिकाको  जनप्रकाश उमाविमा पठाउँथे । उनले सोही विद्यालयमा अध्ययनरत दृष्टिविहीन एक छात्रालाई बलात्कार गरेका थिए ।