घनश्याम पराजुली (कृष्ण)
दोहा । प्रवासी नेपाली मञ्च कतारको चौथो अधिवेशन आगमी १९ डिसेम्बर शुक्रबारका दिन मुन्ताजा स्थित होलिडे भिल्लामा हुदैछ ।
महाधिवेशनलाई सम्बोधन गर्नका लागी नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल बुधबार कतार आउँदै हुनुहुन्छ । अध्यक्ष केपी शर्मा ओलीे कतार आउने भनिए पनि संविधान निमार्णको कामले उहाँको कतार भ्रमण स्थगित भएको छ ।
अधिवेशन भव्यताका साथ सम्पन्न गर्नका लागि उपसमितीहरुले तिव्रताका साथ कार्य सम्पादन गरिरहेको मञ्चका अध्यक्ष दिल किरण खजुमले बताउनुभयो । उहाँले मञ्च स्थापना कालदेखि नै नेपाली श्रमिकहरुको पक्षमा महत्वपुर्ण भुमिका खेलिरहेको छ र यो अधिवेशन संगठन विस्तार लगायतका विषयमा महत्वपुर्ण बन्ने आशा लिएको बताउनुभयो ।
‘संस्थाका प्रतिवेदन लगायतका आवश्यक काम पुरा भईसकेका छन,’ उहाँले भन्नुभयो । स्ंवमसेवक व्यवस्थापन संयोजक पुर्ण बहादुर नेपालीले महाधिवेशनमा कुनै कमी नहुने गरी कार्यविभाजन गरिसकेको बताउनुभयो ।
मञ्चका उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेद्वार चानक पोख्रेलले अधिवेशनका लागि नेपालबाट अतिथीहरु बुधबार आईपुग्ने बताउनुभयो । सुरु हुने कार्यक्रममा प्रचार–प्रसार देखी सबै काम भइरहेका छन । अधिवेशनका लागि नेपालबाट महासचिव पोख्रेल, केन्द्रीय सदस्य सुर्य थापा लगायत विभिन्न देशबाट प्रतिनिधीको सहभागिता रहनेछ ।
नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च कतारको अबिधेशनलाई यति बेला सबैले हेरिरहेको अवस्था छ । कतारमा स्थापित १ सय २० संघ संस्थाहरु मध्य लोकप्रिय संस्थाको रुपमा आफुलाई स्थापित गर्न सफल यस बैचारिक संस्थाले १९ डिसेम्बरबाट नयाँ नेतृत्व पाउने छ ।
अहिलेसम्म मञ्चका उपाध्यक्ष चानक पोख्रेल र रामहरी गैह्रेले अध्यक्ष पदका लागी उम्मेदवार दिनुभएको छ । कार्यकर्ताहरु सहमतिमा नेतृत्व चयन हुनुपर्छ भन्दै आवाज उठाइरहेका छन ।













प्रतिक्रिया