१ कार्तिक २०८३, शनिबार

तेल चोर आयल निगमकै कर्मचारी, कसरी हुन्छ सुधार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oilकाठमाडौं, २ पुस । नेपाल आयल निगमले सिनामंगलस्थित हवाई इन्धन डिपोमा तेल ओसार्ने ट्यांकरचालकसँग ट्यांकरको तल्लो भागबाट तापक्रम नाप्ने सहमति गरेको छ ।

तल्लो भागबाट तेल मापन गर्दा प्रतिट्यांकर ४५ लिटर तेल चोरी गर्न सकिने निगम स्रोतको भनाइ छ ।

सञ्चित घाटा ३५ अर्ब र ३७ अर्ब ऋणमा रहेको निगमलाई नोक्सानी कम गर्न ट्यांकरको माथिल्लो, मध्य र तल्लो भागको औसत तापक्रम लिन विभिन्न कार्यदलले सुझाब दिएका छन् ।

तीनपटकसम्म नापेर औसत निकाल्न झन्झट भए ट्यांकरको मध्य भागलाई आधार मानेर तापक्रम नोक्सनीको दर निर्धारण गर्न पनि कार्यदलको सुझाब छ ।

तर, निगम व्यवस्थापनले बुधबार चालकसँग ट्यांकरको तल्लो भागबाट मात्र तापक्रम नोक्सानी नाप्ने सहमति गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

गुणस्तर तथा नाप–तौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी संयोजकत्वको कार्यदलले ७ मंसिरमा बुझाएको प्रतिवेदनमा ट्यांकरको तल्लो भागबाट तापक्रम लिँदा करिब ३ डिग्री सेन्टिग्रेड तापक्रम कम हुन्छ ।

२० किलोलिटरको ट्यांकरमा तीन डिग्री सेन्टिग्रेड तापक्रम फरक पार्दा ४५ लिटर तेल चोरी गर्न सकिने कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

आफूहरूको सुझाबको बेवास्ता गर्दै निगम व्यवस्थापनले तेल चोरी गर्न सहज बनाइदिएको कार्यदलका एक सदस्यले बताए ।

ती सदस्यका अनुसार ट्यांकरको तल्लो भागबाट तापक्रम मापन गरे एकपटकमा ६ हजार तीन सय लिटर तेल चोरी हुनेछ ।

प्रचलित मूल्यअनुसार सो परिमाणको नौ लाख रुपैयाँ पर्छ । सिनामंगल डिपोमा तेल ओसार्न एक सय ४० ट्यांकर प्रयोग हुने गरेका छन् ।

स्रोतका अनुसार कार्यदलले ट्यांकरको मध्य भागबाट तापक्रम लिन सुझाब दिएपछि ट्यांकरचालकहरूको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संघले ढुवानी ठप्प पार्ने चेतावनी दिएको थियो ।

निगमका केही डिपो प्रमुखकै योजनामा संघले ढुवानी ठप्प पार्ने चेतावनी दिएको स्रोतको दाबी छ ।