१ कार्तिक २०८३, आइतबार

सरकारको योजना चालकलाई जेल हाल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautam
काठमाडौं, २ पुस । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सडक दुर्घटना न्यूनीकरणका लागि सडकमा मनपरी गर्ने तथा नियम नमान्ने चालकलाई जेल हाल्ने कानुन ल्याउनुपर्ने बताएका छन्।

संसद्को सुशासन तथा अनुगमन समितिमा मंगलबार उपस्थित गृहमन्त्री गौतमले भने, ‘ऐन उल्लंघन गर्नेलाई जरिबाना र चालकको लापरबाहीबाट दुर्घटना भए त्यस्ता चालकलाई जेल हाल्नुपर्छ।’

गौतमले सडक दुर्घटना रोक्न यातायात क्षेत्रको सिन्डिकेट तोड्नुपर्ने र सिन्डिकेट लाद्ने यातायात व्यवसायीलाई समेत जेल हाल्नुपर्ने कानुन आवश्यक रहेको बताएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

सवारी नियम तोड्ने चालकमाथि जरिबानासमेत कम भएको औंल्याउँदै उनले भने, ुअहिले लिइने जरिबाना रकम कम छ। सुरुमा न्यूनतम एक हजार, दोस्रो पटक दोब्बर, तेस्रो पटक तेब्बर र अझै नियम तोडेमा जेल हाल्नुपर्छ।ु

गृहमन्त्री गौतमले चालकले जानाजान सवारी दुर्घटना गराए आजीवन कारावास र सम्बन्धित यातायातको रुट इजाजतसमेत खारेज गर्नुपर्ने प्रस्ताव समितिमा राखेका थिए।

‘दुर्घटना बढ्नुमा चालक मात्रै होइन व्यवसायी पनि उत्तिकै दोषी छन्। अब व्यवसायी पनि उम्कन पाउँदैनन्। उनीहरूलाई पनि जेल हाल्ने कानुन ल्याउनुपर्छु,’ गौतमले भने।