७ कार्तिक २०८३, शनिबार

सत्यमोहन भेट्न ओलीसहितका एमाले नेता बयोधामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oliकाठमाडौँ, १ पुस । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यस्थिति बारे जानकारी बल्खुस्थित बयोधा अस्पताल पुगेको छ ।

छातिको सङ्क्रमण भई उपचार गराइरहनु भएका जोशीलाई भेटी उक्त टोलीले शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएकोप्रति खुसी व्यक्त गर्दै अध्यक्ष ओलीसहतिको टोलीले उहाँको उपचारका लागि हालै सरकारले गरेको निर्णयप्रति सन्तुष्टि व्यक्त गरेको थियो ।

ओलीले आफू र आफ्नो पार्टीको तर्फबाट आवश्यक र संभव भएसम्मको सहयोग उपलव्ध गराउन तयार रहेको जानकारी समेत गराउनु भएको थियो ।
ओलीकासाथ पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष विद्यादेवी भण्डारी, सचिव प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, बिना श्रेष्ठलगायत नेताहरू अस्पताल पुग्नुभएको थियो ।