७ कार्तिक २०८३, शनिबार

एसिया–प्रशान्त क्षेत्रका उच्च अधिकारीहरुले प्रधानमन्त्रीसँगको भेटमा के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala12काठमाडौँ, १ पुस । प्रधानमन्त्री सुशील कोइरालासँग एसिया–प्रशान्त क्षेत्रका अल्पविकसित मुलुकका उच्च सरकारी अधिकारी तथा संयुक्त राष्ट्र सङ्घका वरिष्ठ पदाधिकारीले मंगलबार  राजधानीमा सामूहिक रुपमा भेटवार्ता गर्नुभयो ।

प्रधानमन्त्रीसँग राष्ट्र सङ्घका उपमहासचिव ज्ञानचन्द्र आचार्य, सहायक उपमहासचिव तथा राष्ट्रसङ्घीय विकास कार्यक्रमका सहायक प्रशासक हाउलियाङ झु एसिया–प्रशान्त क्षेत्रका लागि राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठनका सहायक महानिर्देशक हिरोयुकी कोनुमाले भेटेर अल्पविकसित मुलुकका विकासका चुनौतीबारे छलफल गर्नुभएको थियो ।

यसैगरी प्रधानमन्त्रीसँग भुटानका परराष्ट्रमन्त्री रिन्जिन दोर्जी, भानुआतुका विदेशमन्त्री सातो किलमान, बङ्गलादेशका परराष्ट्रराज्यमन्त्री महमेद आलम, यमनका राजनीतिक मामिलासम्बन्धी उपमन्त्री हमिद अली मोतिए अलावदी र म्यान्माका उपविदेशमन्त्री थान्ट क्वेले पनि सामूहिक भेटवार्ता गर्नुभयो ।

भेटका अवसरमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागी, राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र सोही नियोगका द्वितीय सचिव शत्रुघ्न पोखरेलको पनि उपस्थिति थियो ।