२९ आश्विन २०८३, बिहिबार

एनआरएन भवन निर्माणका लागि दोहामा २० लाख संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ses-ghaleदोहा ।  एनआरएन एनसीसी कतारले गैरआवासीय नेपाली संघको काठमाण्डौमा बन्न लागेको केन्द्रीय कार्यालय भवनका लागि २० लाख रुपैयाँ संकलन गरेको छ ।

भवन निर्माणका लागि एनआरएन आईसीसीले १० लाख रुपैयाँको लक्ष्य दिएकोमा कतारले दोब्बर रकम संकलन गरेर अन्य देशका एनसीसीलाई पनि उत्साहित तुल्याएको छ ।

‘हामीले दिएको लक्ष्य र अपेक्षाभन्दा दोब्बर रकम संकलन हुनु निकै उत्साहप्रद र प्रेरणादायी हो’ एनआरएन अध्यक्ष शेष घलेले भन्नुभयो–‘बिश्वभरका नेपालीको भावना संकलन गरी एकताको प्रतिकको रुपमा भवन बनाउने सपना अब छिटै पुरा हुन्छ ।’ भवन निर्माणका लागि रकम संकलन गर्न अध्यक्ष घले बिश्वका बिभिन्न देशमा पुगिरहनुभएको छ ।

आगामी केही हप्तामै उहाँ यही लक्ष्यपूर्तिका लागि युरोपेली मुलुकहरुको भ्रमणमा जानु लाग्नुभएको छ । भवन निर्माणमा सहयोग पु¥याउन आयोजना हुने बिभिन्न कार्यक्रममा उहाँ सरिक हुनुहुनेछ ।