काठमाडौँ, १ पुस । श्रीलंकन चर्चित क्रिकेट खेलाडी देनेगामागे प्रोबोथ माहिला डी सिल्वा जयवर्दने मंगलबार स्वदेशको माटोमा अन्तिम अन्तराष्ट्रिय क्रिकेट खेल खेल्दैछन् ।
अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने एक दिवसीय विश्वकप क्रिकेटपछि अन्तराष्ट्रिय खेल करियरबाट सन्यास लिने घोषणा गरिसकेका जयवर्दनेका लागि इंग्लण्ड विरुद्धको सातौं तथा अन्तिम एक दिवसीय खेल नै घरेलु माटोमा अन्तिम खेल बन्ने भएको हो ।
त्यसयता श्रीलंकाले घरेलु माटोमा अर्को कुनै टोलीसँग खेल खेल्ने छैन ।
द श्रीलंकाको राजधानी कोलम्बोमा मंगलबार हुने एक दिवसीय श्रृंखलाको अन्तिम खेलसँगै उनले स्वदेशको माटोमा खेलेको खेल हेर्नबाट लाखौँ दर्शक बञ्चित हुनेछन् ।













प्रतिक्रिया