१ कार्तिक २०८३, आइतबार

मौसम परिवर्तनले देशभर जनजीवन प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

weatherकाठमाडौँ, १ पुस । शनिबारदेखि मौसममा देखिएको परिवर्तनले काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ ।

देशका अधिकांश पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपात भएको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव र अरेब सागरमा आएको परिवर्तित मौसम प्रणालीका कारण वर्षा र हिमपात भएको महाशाखाले जनाएको छ । वर्षा र हिमपातले गर्दा तापक्रम निकै न्यूनबिन्दुमा पुगेको मौसमविद्ले बताएका छन् ।

महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार आज पश्चिमी क्षेत्रका केही भाग र काठमाडौँमा हल्का पानी परे पनि दिउँसोदेखि घाम लाग्ने छ । घाम लागे पनि चिसो भने कम नहुने मौसमविद्ले कँडेलले बताउनुभयो । बुधबारदेखि झनै चिसो बढ्ने अनुमान  महाशाखाले गरेको छ ।

भारतको उत्तर प्रदेशमा भएको न्यूनचापीय प्रणाली र पश्चिमी वायु विस्तारै कमजोर बन्दै गएकाले मंगलबार दिउँसोदेखि भने मौसममा सुधार आउने मौसमविद् कँडेलले जानकारी दिनुभयो ।