गाईघाट, १ पुस । नेकपा–माओवादीका केन्द्रीय उपाध्यक्ष सिपी गजुरेलले आगामी माघ ८ सम्ममा नेपाली जनताले चाहेजस्तो जनसंविधान नबने आफूहरुले सडकबाटै अर्को संविधान घोषणा गर्ने चेतावनी दिनुभएको छ ।
क्रान्तिकारी पत्रकार महासङ्घ उदयपुरले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गजुरेलले वर्तमान सरकारले माघ ८ गते जारी गर्ने संविधान जनताको पक्षमा मजदुर, किसान वर्ग र जनजाति, मधेसीको पक्षमा तथा धर्म निरपेक्षतामा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।
एक प्रसङ्गमा नेता गजुरेलले भन्नुभयो, ‘विप्लवले पार्टी फुटाएको हैन, केही साथीहरु विप्लवसँग चोइटिएर गएका मात्र हुन्, यसले हामीहरुलाई केही फरक पर्दैन ।’















प्रतिक्रिया